भेरी अस्पतालको परीक्षणमा १८ जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता १८ चैत्र २०७७, बुधबार १३:३१
 

नेपालगञ्ज : नेपालगञ्जस्थित भेरी अस्पतालमा पछिल्लो २४ घण्टामा १८ जना कोरोना सक्रमित थपिएका छन् ।

अस्पतालको ल्यावमा ४५ जनाको पीसीआर परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । कोरोना संक्रमित हुनेहरुमा बाँकेका १३ जना, बर्दिया, जाजरकोट, कैलाली, ललितपुर र सुर्खेतका १–१ जना रहेका छन् ।


बाँकेमा बुधवार आएको रिपार्टसँगै ४ हजार ७ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४ हजार ६ सय ४९ जना निको भएर घर फर्केका छन् । बाँकेमा जिल्ला भित्रका ५६ र जिल्ला बाहिरका ८८ गरि १ सय ४४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

Next Post

नेपालगञ्ज र भैरहवाको उडान संख्या थपिँदै

१८ चैत्र २०७७, बुधबार १३:३१
नेपालगञ्ज : बुद्ध एयरले काठमाण्डौबाट नेपालगञ्ज र भैरहवाका लागि उडान संख्या थप गर्ने भएको छ । काठमाण्डौबाट पश्चिम नेपालमा हुने दैनिक उडान बढाउने क्रममा बुद्धले नेपालगञ्जमा पनि ५ उडान गर्ने भएको छ । त्यस्तै भैरहवामा दैनिक ९ उडान गर्ने भएको छ । बुटवल–नारायणगढ सडक विस्तारले सडक यात्रा कठिन भएकोले बुद्धले […]