कोहलपुर मदनचोकमा फोर्सको ठक्करबाट दुई घाइते

सदरलाइन संवाददाता ४ चैत्र २०८०, आईतवार १२:३७
 

कोहलपुर (बाँके) : पूर्वपश्चिम राजमार्गको कोहलपुर नजिक आईतबार बिहान करिब ११ बजे भएको सवारी दुर्घटनामा परेर दुईजना घाइते भएका छन् ।


जिलला ट्रफिक कार्यालय बाँकेका अनुसार पूर्वबाट पश्चिम जाँदै गरेको लु २ ख ४४९२ नंबरको फोर्सले चन्नहवाबाट कोहलपुरतर्फ आउदै गरेको भे २ प ४०५३ मोटर साईकल र साईकललाई ठक्कर दिदा मोटरसाईकल पछाडि बस्ने कोहलपुर नपा–१५ बस्ने ५७ वर्षिया अटानी थारुको टाउकोमा गम्भीर चोट लागेको, साईकलयात्री प्रलाद खनाल घाइते भएकोले उपचारको लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पठाईएको छ ।

सवारी दुर्घटना गर्ने र्फोसका चालकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसंन्धान सुरु गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लैङ्गिक रुपान्तण र सुरक्षित विद्यालय निर्माणका लागि सरोकारवाला जागरु हुँदै

४ चैत्र २०८०, आईतवार १२:३७
मधुवन (बर्दिया) : बर्दियाको मधुवन नगरपालिकामा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका सदस्यहरुका लागि लैङ्गिक रुपान्तण र सुरक्षित विद्यालय कार्यढाँचा सम्बन्धी दुईदिने अभिमुखिकरण सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपाल र भेरी बातावणीय विशिष्टता समुह (बि–ग्रुप) बाँकेको साझेदारी तथा मधुवन नगरपालिकाको सहकार्यमा अभिमुखिकरण शुरु भएको हो । विद्यालय व्यवस्थापन […]