गरुड सेक्युरिटिजद्वारा बागेश्वरीमा सरसफाई

२० माघ २०७६, सोमबार १६:५३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जस्थित गरुड सेक्युरिटिज प्रालिले आफनो वार्षिकोत्सवका अवसरमा वागेश्वरी मन्दिरमा सरसफाई गरेको छ । गरुडका कर्मचारीले सोमवार विहानै बागेश्वरी मन्दिर गएर फोहोर संकलन गरेका थिए ।
प्रालिको १५औं वार्षिकोत्सवका अवसरमा सरसफाई कार्यक्रम गरिएको गरुड सेक्युरिटिज प्रालि नेपालगञ्जका प्रबन्धक प्रभात ढकालले बताए । गरुडले मिस्टर एन्ड मिस स्कुल बाँकेको आयोजक पिके इभेन्टस सहकार्य गरेर मन्दिरमा सरसफाई गरेको हो । कार्यक्रममा पिके इभेन्टका संस्थापक अध्यक्ष प्रकाश कुवरलगायतको टोली सहभागी थियो ।
गरुड सेक्युरिटिजको नेपालगञ्जमा शाखामा २ सय ३९ कर्मचारी रहेका छन् । सुरक्षा व्यवस्थापन क्षेत्रमा काम गरिरहेको गरुडले सामाजिक उत्तरदायित्व पुरा गर्ने क्रममा मन्दिरमा सरसफाई गरेको ढकालले बताए । गरुडको टिमले कारकादोंस्थित राधाकृष्ण मन्दिरको समेत सरसफाई गरेको छ । गरुडले सामाजि
क उत्तरदायित्वअन्तर्गत अन्य सामाजिक कार्यमा समेत सहयोग गर्ने शाखा प्रबन्धक ढकालले प्रतिबद्धता जनाए ।

Next Post

नमस्ते बचत तथा ऋण सहकारीद्वारा मोवाइल बैंकिंग एप्सको शुरुवात

२० माघ २०७६, सोमबार १६:५३
सदरलाइनडटकम, नेपालगञ्ज  : नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाँकेले सहकारीको क्षेत्रमा नयाँ प्रविधिको शुभारम्भ गरेको छ । नमस्तेले आफ्ना शेयर सदस्यहरुको आर्थिक कारोवारलाई थप पारदर्शिता तथा प्रविधि मैत्री सेवा प्रदान गर्ने उद्देश्यले नमस्ते मोवाइल बैंकिंग एप्सको शुभारम्भ गरेको हो । विद्यमान समयमा सहकारी संस्थाहरुमा विश्वासको वातावरण अपेक्षित बढ्न […]