पहाडी जिल्लामा आज, भोली तराईमा होली पर्व मनाइँदै

सदरलाइन संवाददाता १५ चैत्र २०७७, आईतवार १५:०७
 

नेपालगञ्ज : हिमाली एवं पहाडी जिल्लामा आइतवार हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली होली पर्व मनाइँदैछ ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ । केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ ।


विगत वर्ष जस्तै यस वर्ष पनि कोरोनाको प्रभाव विश्वव्यापीरुपमा बढ्दै गएकाले फागु पर्वमा पानी र रङ प्रयोग नगर्न प्रशासनले आह्वान गरेको छ । साथै घर परिवारमै फागु पूर्णिमा मनाउन पनि प्रशासनले अनुरोध गरेको छ । यस्तै तराईमा भोली (सोमवार) होली मनाईंदै छ ।

Next Post

होली पर्वका अवसरमा ट्राफिक व्यवस्थापनमा कडाई

१५ चैत्र २०७७, आईतवार १५:०७
नेपालगञ्ज : होली पर्वमा अवाञ्छित गतिविधि हुन नदिन ट्राफिक प्रहरी बाँकेले ट्राफिक व्यवस्थापनमा कडाइ गरेको छ । ट्राफिक प्रहरीले अवाञ्छित गतिविधि, दुर्घटना र कोरोना महामारीलाई ध्यानमा राखेर आइतबार बिहानैदेखि सवारी चेकिङलाई कडाइ गरेको हो । नेपालगञ्जका चोकहरु, खजुरारोड, कोहलपुर रोड, जमुनाह रोड, रिमझिम रोड, राजमार्गका भित्रि सडक लगायतका स्थानमा ट्राफिक […]