भारतमा कोरोना संक्रमण बृद्धि हुँदा सीमा क्षेत्रमै शुरु गरियो ‘एण्टिजिन’ परीक्षण

शुक्रवार गुजरातबाट फर्किएका रोल्पाका युवकमा ‘एण्टिजिन’ परीक्षणको माध्यामबाट कोरोना संक्रमण पुष्टि

सदरलाइन संवाददाता १३ चैत्र २०७७, शुक्रबार १९:५०
 

नेपालगञ्ज : भारतमा दोस्रो चरणको कोरोना संक्रमण बढेसंगै नेपाल भारत सीमानाको जमुनाह नाकामा शुक्रवारबाट नाकामा आवगमन गर्नेलाई चेकजाँच गर्नुको साथै कडाई शुरु गरिएको छ ।

भारतमा कोरोना बढेपछि नेपालमा पनि फैलिन सक्ने आशंकामा सीमानामा हुँदै आएका अनावश्यक आवागमनलाई बन्द गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुमवांङ्गले जानकारी दिए । उनले सामान्य किनमेलको लागि भारत जानको लागि पूर्ण रुपले रोकिने बताए ।

गृहमन्त्रालय र स्वास्थ्य मन्त्रालयबाट पत्र आए लगत्तै नेपाल भारत सीमानामा हेल्थ डेस्क स्थापना गरेर स्वास्थ्य परीक्षण शुरु गर्नुका साथै अनावश्यक आवागमनलाई बन्द गरिएको बताए । शुक्रवारदेखि उपचार वा अति आवश्यक काम बाहेक सीमापारी सामान किनमेल र अन्य सामान्य कामले आउने जानेलाई रोकिएको छ । यद्यपी सिमापारीबाट नेपाल आउनेको ठूलो घुईचो रहेको छ ।


भारतमा कोरोना संक्रमण बृद्धि भएपछि भारतबाट आउनेहरुलाई लक्षित गरी जमुनाह नाकामा हेल्थ डेस्क राखेर शंका लागेकाहरुको ‘एण्टिजिन’ परीक्षण शुरु गरिएको छ । शुक्रवार भारतको गुजरातबाट फर्किएका रोल्पा लिवांगका एक युवकमा ‘एण्टिजिन’ परीक्षणको माध्यामबाट कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

कोरोना संक्रमण फैलिएका ठाउँबाट फर्किएका नेपालीको एण्टिजन परीक्षण गर्ने क्रममा ती युवकमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले बताए । उनले ती युवकलाई लक्षण नभएको कारण एम्बुलेन्समा राखेर रोल्पा पठाईएको बताए ।

भारतमा कोरोना संक्रमण दर अत्याधिक बृद्धि भएपछि सीमा क्षेत्रमा भारतबाट फर्कनेको घुईचो बढेको र संक्रमण फैलनसक्ने भन्दै सो बाट जोगिन सीमा क्षेत्रमा नेपालगन्ज उपमहानगरको पहलमा हेल्थ डेस्क राखेर संकास्पद ब्यक्तिलाई जाँच गरी पठाउने गरिएको छ ।

Next Post

कोहलपुर प्रहरीद्वारा चोरीका सामग्रीहरु बरामद

१३ चैत्र २०७७, शुक्रबार १९:५०
नेपालगञ्ज : ईलाका प्रहरी कार्यालय कोहलपुरले विभिन्न समयमा चोरी भएका सामग्री बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरले चोरी नियन्त्रण अभियान अनुरुप सञ्चालित स्विप अप्रेशन अन्तर्गत कोहलपुरका विभिन्न वडाहरुबाट चोरी भएका सामग्री बरामद गरेको हो । बरामद गरिएका सामग्रीलाई ईलाका प्रहरी कार्यालयमा राखिएको हुँदा सम्बन्धित मालसमान धनीले आफ्नो प्रमाणसहित […]