योग समिति नेपालको ५औं दिक्षान्त समारोह सम्पन्न

सदरलाइन संवाददाता १६ भाद्र २०८०, शनिबार १६:०३
 

नेपालगञ्ज : योग समिति नेपालको पाँचौ दिक्षान्त समारोह सम्पन्न भएको छ । ४ महिनाको तालिमपछि शनिवार नेपालगञ्जमा समापन भएको समारोहमा १ सय १२ जना दिक्षित भएका छन् ।

योग समिति नेपालका अध्यक्ष एवं योगगुरु गिरिराज भटराईको अध्यक्षतामा भएको गुरुदिक्षा ग्रहण तथा प्रमाणपत्र वितरण समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै लुम्विनी प्रदेशका कृषि तथा भुमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले नेपालगञ्जमा मात्र नभइ देशका हरेक नागरिकले योग गर्नुपर्ने बताए ।

उनले योग समिति नेपालले चाहेको खण्डमा प्रत्येक वडामा योगाहलको व्यवस्था गरिनु पर्ने बताए । योगका लागि आफुले गर्नसक्ने कामबाट कहिल्यै पनि पछि नहटने प्रतिबद्धता ब्यक्त गरे ।

योग जीवनको महत्वपूर्ण आधार भएको भन्दै उनले योगको सम्पूर्ण विकासका लागि लुम्बिनी प्रदेशको नेपालगञ्ज उपमहानगरपालिका अग्रपंक्तिमा रहने विश्वास दिलाए ।


यस्तै नेपालगञ्ज उपमहानगरपालिका १२ का वडाध्यक्ष तरुण कुमार वज्रचार्यले योग स्वास्थ्यको सञ्जीवनी भएकोले नेपालगञ्जलाई योगमय बनाउने बताए । योगले मनलाई शान्त राख्ने काम गर्ने भएको भन्दै उनले योगका लागि जस्तो सुकै सहयोग गर्न तयार रहेको जानकारी दिए ।

कार्यक्रममा समितिका सल्लाहकार नन्दलालबैश्य, अधिवक्ता विश्वजीत तिवारी, वडा नं. २ का अध्यक्ष मनोज कुमार श्रेष्ठ, जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारीे हरीशचन्द्र शर्मा लगायतले नेपालगञ्जलाई योगमैत्री शहरको रुपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए ।

यस्तै कार्यक्रममा बिभिन्न बिधाबाट १५ जनालाई योग गुरु भट्राइले सम्मान स्वरुप मायाको चिनो प्रदान गरेका थिए ।

कार्यक्रममा योग समिति नेपालका सचिव एवं कार्यक्रम संयोजक निर्मला शाह, योग प्रशिक्षक अरुण सिँह लगायतले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन झवि शर्मा र निरन्जना मल्लले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कचहरी नाटक सम्बन्धी ७ दिने तालिम शुरु

१६ भाद्र २०८०, शनिबार १६:०३
नेपालगञ्ज : कचहरी नाटक सम्बन्धी ७ दिने तालिम आइतवारदेखि नेपालगञ्जमा शुरु भएको छ । युनिसेफ नेपालको सहयोगमा बास नेपालद्वारा सञ्चालित सामुदायिक संलग्नता र मानव केन्द्रित दृष्टिकोणमार्फत सामाजिक र व्यवहार परिवर्तन कार्यक्रमअन्तर्गत सो तालिम शुरु भएको हो । कार्यक्रम सञ्चालित कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका ३० जना युवाहरुको सहभागिता रहेको तालिमको […]