नेपालगन्जमा पहिलोपटक क्षेत्रीय खाद्य मेलाको अयोजना गरिदै

१ माघ २०७३, शनिबार ०७:१२
 

सदरलाइनडटकम  
१ माघ, नेपालगन्ज : मध्यपश्चिम क्षेत्रमा प्रचलनमा रहेको खाद्यान्नको संरक्षण र संर्बद्धन गर्नको लागि नेपालगन्जमा पहिलोपटक मध्यपश्चिमाञ्चल क्षेत्रीय खाद्य मेलाको आयोजना गरिने भएको छ । ‘परम्परागत स्थानीय खाद्य पदार्थको प्रबद्र्धन गरौ असल पोषणको लागि खानेबानीमा सुधार गरौ’ भन्ने मूल नाराका साथ नेपालगन्जमा आगामी माघको तेस्रो सातादेखि खाद्य मेलाको आयोजना गरिने भएको हो ।
क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जको आयोजना तथा कृषि मन्त्रालयको आर्थिक सहयोगमा आगामी माघको २२ र २३ गते नेपालगन्जको रामलिला मैदानमा क्षेत्रीय स्तरको खाद्य मेलाको आयोजना गर्ने तयारी रहेको कार्यालयका निमित्त प्रमुख बिनोद श्रीबास्तबले जानकारी दिए ।
उनले दिएको जानकारी अनुसार सो मेलामा यस क्षेत्रका परम्परागत खाद्य पदार्थको पहिचान हुने गरी ६० बढि स्टल राखेर क्षेत्रीय खाद्य प्रर्दशन मेलाको आयोजना गरिने छ । खाद्य मेलामा विभिन्न जातजातिका पहिचान दिने विशेष खानेकुरा, तथा विभिन्न पहिचान झल्काउने साँस्कृतिक कार्यक्रम समेतको आयोजना गरिने छ ।
उनले मेलाको तयारीको बारेमा विभिन्न निकायसंगको छलफल र परामर्श सुरु गरेको जनाकारी दिदै सकेसम्म बढी दर्शक र खानाका पारखीहरुको सहभागिता जनाउने गरी तयारी अघि बढाउन पहल गर्ने बताए ।
मेलाको स्टल तथा मेला प्रबेश पूर्णतया निशुल्क रहने तथा मेलामा विभिन्न प्रकारका खानेकुराका परिकार खान तथा काँचो सुपथ मूल्यमा किनेर लौजान मिल्ने गरी बिक्रिको लागि पनि राखिने गरी तयारी अगाडि बढाईएको कार्यालयका खाद्य निरिक्षक एकराज बुढाथोकीले जानकारी दिए ।
उनले सो कार्यक्रमको लागि कृषि मन्त्रालयले १५ लाख बजेट छुट्टाएको र त्यसै बजेटको सिलिङ्गमा रहेर मेला सम्पन्न गर्नु पर्ने बताए । उनले मेलामा मध्यपश्चिमा सबै जिल्लाका परम्परागत खाद्य पदार्थको प्रतिनिधित्व गारउने र लोपहुन लागेका खाद्यान्नहरुको पहिचान गरी संरक्षणको लागि पहल गर्ने नै मेलाको मुख्य उद्देश्य रहेको स्पष्ट पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तेस्रो बंगलादेश प्रर्दशनी मेला–२०१७ को तयारी पूरा

१ माघ २०७३, शनिबार ०७:१२
सदरलाइनडटकम   १ माघ,  काठमाण्डौं  : नेपालस्थित् बंगलादेश दुतावासको आयोजनामा यही माघ ४ गतेदेखि काठमाडौंमा तेस्रो बंगलादेश प्रर्दशनी मेला–२०१७ हुने भएको छ।   शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर नेपालको लागि बंगलादेशकी राजदुत मास्फी बिन्ते साम्सले प्रर्दशनी मेलाको तयारी पूरा भएको जानकारी दिईन्। उनले भनिन्,‘नेपाल र बंगलादेशवीचको आर्थिक, व्यापारिक […]