नेपालगञ्ज-१८ मा फेरी कालाेपत्रे सडक शिलन्यास

सदरलाइन संवाददाता ९ चैत्र २०७७, सोमबार ११:५९
 

नेपालगञ्ज : नेपालगञ्ज-१८कारकादौ बर्दिया बाईपास
रोडबाट राजकुमार बढहीको घर हुँदै उत्तर मानवधर्म जाने बाटो नालीसहित कालो पत्रे निर्माण कार्यकाे शिलन्यास गरिएकाे छ ।

<span;>वडाध्यक्ष दिपक बर्माले साेमबार एक कार्यक्रमकाे बिचमा शिलन्यास गरी शुभारम्भ गरेका हुन । <span;>वडा अध्यक्ष बर्माकाे टिमले हप्ता नबित्दै फेरि अर्को बाटोको शिलान्यास गरेकाे हाे ।


<span;>गत हप्ता मात्र  नेपालगञ्ज उप- महानगरपालिका वडानं १८ पशुपतिनगरमा ऋचा लुइँटेलको घरबाट राधास्वामी सत्संग आश्रमसम्म २४० मीटर आरसीसी (पक्कि) नालि ३ सय मीटर “अस्फाल्ट” सडक कालो पत्त्रेको शिलान्यास  गरेका हुन ।

<span;>वडा अध्यक्ष बर्माले यो सङ्गै केहि दिनमै चार (४) वटा बाटोको शिलान्यास गर्दै काम सुरु गरेका हुन र अझ धेरै ठाँउमा पक्कि बाटो निर्माण गर्ने तयारी भएको जनाए ।

<span;>सिद्धार्थ भ्युदेखि पश्चिम स्वास्थ्य चौकी जाने बाटो र गुलरिया बाईपासदेखि उत्तर कारकान्दौ गाउँ भित्र जाने बाटोको निर्माण तिब्र गतिमा बढेकाे छ । यो संगै विभिन्न  ठाउँमा पार्क, मन्दिर,पी सी सी बाटो,सोलार बत्ति जडान,माटो पटान तथा ग्राबेल, स्वास्थ्य शिबिर, बिधुतपोल जडान लगायतका कार्य भइ रहेका  छन ।

Next Post

विपद प्रतिकार्य तालिम सम्पन्न

९ चैत्र २०७७, सोमबार ११:५९
(राप्तिसोनारी) बाँके: लुम्विनी प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्रालयको आयोजनामा बाँकेको राप्तिसोनारी गाँउपालिकामा विपदप्रतिकार्य तालिम सम्पन्न भएको छ । लुुम्बिनी प्रदेश सरकारको आयोजनामा र राप्तिसोनारी गाँउपालिकाको संयोजनमा सबै वडाबाट प्रतिनिधित्व रहको स्थानीय स्वयमसेवक, प्रहरी, रेडक्रशकर्मी र जनप्रतिनिधिलाई लक्षित गरी विपद प्रतिकार्य तालिम दिईएको हो । तालिम उद्घाटन समारोहमा बोल्दै गाँउपालिकाका अध्यक्ष […]