नेपालगञ्ज : नेपालगञ्ज-१८कारकादौ बर्दिया बाईपास
रोडबाट राजकुमार बढहीको घर हुँदै उत्तर मानवधर्म जाने बाटो नालीसहित कालो पत्रे निर्माण कार्यकाे शिलन्यास गरिएकाे छ ।
<span;>वडाध्यक्ष दिपक बर्माले साेमबार एक कार्यक्रमकाे बिचमा शिलन्यास गरी शुभारम्भ गरेका हुन । <span;>वडा अध्यक्ष बर्माकाे टिमले हप्ता नबित्दै फेरि अर्को बाटोको शिलान्यास गरेकाे हाे ।
<span;>गत हप्ता मात्र नेपालगञ्ज उप- महानगरपालिका वडानं १८ पशुपतिनगरमा ऋचा लुइँटेलको घरबाट राधास्वामी सत्संग आश्रमसम्म २४० मीटर आरसीसी (पक्कि) नालि ३ सय मीटर “अस्फाल्ट” सडक कालो पत्त्रेको शिलान्यास गरेका हुन ।
<span;>वडा अध्यक्ष बर्माले यो सङ्गै केहि दिनमै चार (४) वटा बाटोको शिलान्यास गर्दै काम सुरु गरेका हुन र अझ धेरै ठाँउमा पक्कि बाटो निर्माण गर्ने तयारी भएको जनाए ।
<span;>सिद्धार्थ भ्युदेखि पश्चिम स्वास्थ्य चौकी जाने बाटो र गुलरिया बाईपासदेखि उत्तर कारकान्दौ गाउँ भित्र जाने बाटोको निर्माण तिब्र गतिमा बढेकाे छ । यो संगै विभिन्न ठाउँमा पार्क, मन्दिर,पी सी सी बाटो,सोलार बत्ति जडान,माटो पटान तथा ग्राबेल, स्वास्थ्य शिबिर, बिधुतपोल जडान लगायतका कार्य भइ रहेका छन ।