भ्रष्टाचार विकासको बाधक : आयुक्त गुरुङ

३० असार २०७६, सोमबार १८:४९
 

सदरलाइनडटकम,
दाङ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. सावित्री थापा गुरुङले भ्रष्टाचारनै शुसासन र सम्वृद्धीको बाधक भएको बताएकी छन् । आयोगको कार्यालय बुटवल मातहतमा रहेको सम्पर्क कार्यालय नेपालगञ्जले सोमवार घोराहीमा गरेको भ्रष्टाचार नियन्त्रण र शुसासन प्रबद्र्धन विषयक कार्यक्रममा आयुक्त गुरुङले भ्रष्टाचार विकासको बाधक रहेको बताइन् ।
संबृद्धी र सुशासनको मार्गलाई अवरोध गर्नेनै भ्रष्टाचार भएको उल्लेख गर्दै उनले जनता चनाखो र कर्मचारी सदाचारी बन्न आवश्यक रहेकोमा जोड दिइन् । पारदर्शिता र जवाफदेहिता भएमात्रै देश विकास र नागरिकको अधिकार स्थापित हुने उनको भनाई छ ।
कार्यक्रममा सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख गणेश गैरेले भ्रष्टाचारविरुद्ध नागरिक निगरानी संस्थाको समेत आवश्यकता रहेको बताए । भ्रष्टाचारलाई नियन्त्रण गर्न सबै व्यक्ति जिम्मेवार, जवाफदेही र उत्तरदायी हुनुपर्नेमा जोड दिँदै उनले भ्रष्टाचार रोक्नका लागि आयोगले विभिन्न प्रक्रिया अपनाईरहेको बताए । आयोगले अब बिचौलीयाको भेषमा कर्मचारी परिचालन गर्न लागेको बताउँदै गैरेले बिषेशगरी जनताको बढी भिड हुने मालपोत र यातायात कार्यालयमा बिचौलीकै भेषमा शुक्ष्म निगरानी बढाएर भ्रष्टाचार नियन्त्रण गर्ने आयोगको योजना रहेको जानकारी दिए ।
आयोग बुटवलका प्रमुख तारानाथ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले घुस लिने र दिने दुबैलाई कानुनी दायरामा ल्याउन आवश्य रहेको बताए । नागरिकस्तरमै भ्रष्टाचारबारे सचेतिकरण गर्नुपर्ने आवश्यकता औल्याउँदै उनीहरुले सेवा प्रबाह गर्ने निकाय पारदर्शी तथा जवाफदेही हुनुपर्नेमा जोड दिए ।

Next Post

जनप्रतिनिधिलाई स्वास्थ्य संस्थाप्रति उत्तरदायी हुन आग्रह

३० असार २०७६, सोमबार १८:४९
सदरलाइनडटकम, खजुरा (बाँके) : स्थानीय तहका पदाधिकारीलाई स्वास्थ्य र शिक्षा पनि विकासको महत्वपूर्ण पाटो हो भनेर प्रथामिकतामा राख्न एक कार्यक्रमका सहभागिले आग्रह गरेका छन् । स्वास्थ्य संस्थाप्रति जनप्रतिनिउ उत्तरदायि भएमात्र स्वास्थ्य क्षेत्रका सबै कार्यक्रमहरु सफल हुने र जनताले घरदैलौ मै सहज स्वास्थ्य सेवा पाउने विश्वास गरिएको छ । स्वास्थ्य कार्यालय […]

सम्बन्धित

ताजा अपडेट