कोहलपुरको मदनचोकमा पनि सरसफाइ

सदरलाइन संवाददाता ३० भाद्र २०८०, शनिबार १४:५९
 

नेपालगञ्ज : कोहलपुर नगर हाम्रो सहर सफा राख्ने हामी सबैको रहर भन्ने मुलनाराका साथ कोहलपुर नगरपालिकाको वडा नं ३ र ४ को संगमस्थल मदनचोकमा बृहद् सरसफाइ कार्यक सम्पन्न भएको छ ।

हरेक महिनाको अन्तिम शनिबार कोहलपुर नगर भित्रका विभिन्न स्थानहरुमा बृहद् सरसफाइ कार्यक्रम आयोजना गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका वडा नं ४ का वडाध्यक्ष मुवारक अलि गुजरले कार्यक्रम चेतनामूलक भएको र यसमा स्थानीय बासिको अहम भूमिका हुनुपर्नेमा जोड दिए ।

अहिले नगरे कहिले गर्ने अहिले नगरे कहिले गर्ने स्थानीय सरकार हातमा हात मिलाउन तयार रहेको जानकारी दिदै आगामी दिनमा सबैको सहभागी हुने र सरसफाइ गरिएको स्थान हरेक शनिबार स्व स्फुर्त रुपमा निरन्तर दिन आम मदनचोक बासि लाई अनुरोध गरे ।


सरसफाइ कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रशासकिय अधिकृत धोलकराज ढकाल, वडा नं ३ का वडा सदस्य हरिलाल जैसी, नगरकार्यपालिका सदस्य पवित्रा चौधरी, कोहलपुर बृहत खानेपानी सरसफाइ संस्थाका अध्यक्ष टेकनारायण भुषाल, कोहलपुर नगर प्रहरी प्रमुख वीर बहादुर थापा, नेपाल रेडक्रस सोसाइटी कोहलपुर उपशाखा सभापति दिनेश सिग्देल, शिवशक्ती विद्यालयका प्र अ बद्रीनाथ सापकोटा, समाजसेवी प्रकाश सिग्देल लगायतको उपस्थित रहेको थियो ।

ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरका अध्यक्ष चेतकान्त भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन पुस्तकालयका सचिव एकराज शर्माले गरेका थिए ।

ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुर, कोहलपुर नगर प्रहरी, नेपाल रेडक्रस सोसाइटी उपशाखा कोहलपुर, लुमन्ती आवासका लागि सहयोगि संस्था, रझेना खानेपानी उपभोक्ता संस्था, कोहलपुर जेसिज, डाईनामिक युथक्लव कोहलपुर, चुलिमालिका सहकारी संस्था कोहलपुर, नवकिशान सहकारी संस्था कोहलपुर विजुली व्यवसाय संघ बांके, प्रहारीबिट मदनचोक, ट्राफिक प्रहरी कोहलपुर लगायतका विभिन्न संघसंस्थाको संयुक्त आयोजनामा सम्पन्न गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाल क्यान्सरको उपचार सेवा शुरु गरिँदै

३० भाद्र २०८०, शनिबार १४:५९
खजुरा (बाँके) : बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा केही दिनमै बाल क्यान्सरको उपचार सेवा सुरु गरिने भएको छ । अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्लले बाल क्यान्सर रोगको उपचार अगाडि बढाउने गरी प्रक्रिया अघि बढाइएको जानकारी दिए । सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई बाल क्यान्सरका लागि विश्व […]