ब्राजिलमा कोरोनाबाट एकै दिन दुई हजार बढीको मृत्यु

सदरलाइन संवाददाता २७ फाल्गुन २०७७, बिहीबार १०:१४
 

काठमाण्डौ : ब्राजिलमा कोरोना भाइरसको महामारी फेरि गम्भीर रुपमा फैलिएको छ । कोरोना भाइरसका कारण ब्राजिलमा एकै दिन दुई हजार भन्दा धेरै मानिसको मृत्यु भएको छ ।

ब्राजिलमा बुधबार एकै दिन कोरोनाका कारण २ हजार २ सय ८६ जनाको मृत्यु भएको ब्राजिलको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण विश्वमा धेरैको मृत्यु हुने देशको सूचिमा ब्राजिल दोस्रो स्थानमा रहेको छ ।

ब्राजिलमा अहिलेसम्म २ लाख ६८ हजार ३ सय भन्दा धेरैको मृत्यु भएको छ । अति संक्रामक नयाँ भेरियन्टका कारण संक्रमणदर तीव्र हुँदा अवस्था थप भयावह भएको बताइएको छ ।


ब्राजिलमा महामारी नियन्त्रणका लागि गरेको प्रयास कमजोर भएको भन्दै राष्ट्रपति जायर बोल्सोनारोको तीव्र आलोचना हुँदै आएको छ ।

ब्राजिलमा अहिलेसम्म १ करोड १२ लाख दुई हजार भन्दा धेरै संक्रमित भएका छन् । (एजेन्सी)

Next Post

अकोराबको केन्द्रीय अध्यक्षमा अर्जुन गिरी बिजयी

२७ फाल्गुन २०७७, बिहीबार १०:१४
नेपालगञ्ज : सामुदायिक रेडियो प्रसारक संघ (अकोराब)को केन्द्रीय अध्यक्षमा अर्जुन गिरी विजयी भएका छन् । काठमाण्डौमा भएको सातौं राष्ट्रिय अधिबेशनबाट गिरी १६१ मतका साथ विजयी भएका हुन् । उनका प्रतिद्वन्दी कपिलदेव खनालले १४ मत मात्र प्राप्त गरे । निर्वाचनमा १ सय ७८ मत खसेको थियो । यसअघिका वरिष्ठ उपाध्यक्ष गिरी […]

सम्बन्धित