बैतडीमा काका द्वारा भतिजी बलात्कृत

सदरलाइन संवाददाता १६ बैशाख २०८०, शनिबार १३:२५
 

नेपालगञ्ज : बैतडीमा भतिजीलाइ करणी गरेको आरोपमा काका पक्राउ परेका छन् ।

जिल्लाको सिगास गाउँपालिकाका २२ वर्षीय युवक पक्राउ परेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक कमल चौधरीले बताए । ती युवकलाई १५ वर्षीया किशोरी करणीको आरोपमा पक्राउ गरिएको हो ।


गत पुस १५ गते करणीको घटना भए पनि शुरुमा गाउँमै मिलाउन खोजिएकाले ढिला गरी सार्वजनिक भएको बताइएको छ । घरमा कोही नभएका वेला ती युवकले भतिजीमाथि करणी गरेको आरोप छ ।

इलाका प्रहरी कार्यालयको हिरासतका रहेको ती युवकमाथि जबरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता भएर अदालतबाट म्याद थपी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खजुरामा अनलाइनबाटै सेवाग्राही सन्तुष्टि सर्वेक्षण गरिँदै

१६ बैशाख २०८०, शनिबार १३:२५
खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिकाले सेवाग्राही सन्तुष्टि सर्वेक्षण फाराम मार्फत नागरिकको सुझाव लिन शुरु गरेको छ । गाउँपालिकाले सार्वजनिक सेवा प्रवाहका विषयमा नागरिकले कत्तिको सन्तुष्टि पाइरहेका छन् भन्ने बारेमा सर्वेक्षण फारम मार्फत बुझ्न खोजेको प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदीले जानकारी दिए । कार्यालायले नागरिक प्रतिको सेवा प्रबाहलाई प्रभाबकारी बनाउन […]