भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोना भाइरसविरुद्धको खोप

सदरलाइन संवाददाता १७ फाल्गुन २०७७, सोमबार ०९:४८
 

काठमाण्डौ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । मोदीले सोमबार बिहान अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा पुगेर कोरोना भाइरसविरुद्धको खोपको पहिलो डोज लगाएका हुन् ।


मोदीले ट्वीट गर्दै आफूले कोरोनाविरुद्धको खोप लगाएको जानकारी दिए । उनले ट्विटरमा लेखे, ‘एम्समा कोभिड–१९ विरुद्धको खोपको पहिलो डोज लिएँ । हाम्रा चिकित्सक र वैज्ञानिकले कोभिड–१९ विरुद्धको वैश्विक लडाइँलाई मजबुत बनाउन तीव्र रुपमा काम गरिरहेको उल्लेखनीय छ ।’

Next Post

डुडुवामा हात्तीपाइले रोग निवारण कार्यक्रम शुरु गरिदै

१७ फाल्गुन २०७७, सोमबार ०९:४८
डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउपालिकामा हात्तीपाइले रोग निवारण कार्यक्रम अन्र्तगत आम औषधि सेवन अभियान यसवर्ष पनि शुरु भएको छ । सो अभियानलाई सफल पार्न गाउँपालिकास्तरिय अभिमुखीकरण तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न गरिएको छ । डुडुवा गाउँपालिका स्वास्थ्य शाखाद्वारा आयोजित कार्यक्रममा यस वर्ष शतप्रतिशत लक्ष्य हासिल गर्न हात्तीपाइले रोगविरुद्धको आम […]