सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरको आयोजनामा नेपालगञ्जमा सञ्चालनमा रहेको एक हप्ते मनोसामाजिक परामर्शकर्ता तालिम सम्पन्न भएको छ ।
उप–महानगरका प्रमुख डा.धवल शम्शेर राणाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा २४ जना सहभागी रहेका थिए । सो तालिममा लागू औषधको दुब्र्यशनिमा फसेका ब्यक्ति अन्य समस्या भएकाहरुलाई कसरी उनीहरुलाई पुनस्थापना गर्न सकिन्छ भन्ने विषयमा सहजिकरण गरिएको थियो ।
सो तालिममा प्रयास नेपालबाट ८ जनाको सहभागिता रहेको थियो । तालिममा जोत्सना डाँगीले सहजिकरण गरेकी थिईन । समापन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख अरुण पौडेल, डा.तनविर अहमद, युवा नेता ऋषिराज देवकोटालगायतको सहभागिता रहेको थियो ।
