नेपाली र भारतीय लायन्स क्लवबीच मितेरी सम्बन्ध कायम

सदरलाइन संवाददाता १६ फाल्गुन २०७७, आईतवार १०:५८
 


नेपालगञ्ज : लायन्स क्लव अफ नेपालगञ्ज ईनोभेटिभ र लायन्स क्लव अफ सेवा गोण्डाबीच मितेरी सम्बन्ध कायम भएको छ । शनिबार नेपालगञ्जमा सो कार्यको दुबै क्लवका पदाधिकारी तथा सदस्य लायनहरुबीच घोषणा गरिएको हो ।

लायन्स क्लब अफ ईन्टरनेशनल डिस्ट्रिक ३२५ बी–२ अन्तरगतको लायन्स क्लव अफ नेपालगञ्ज ईनोभेटिभ र लायन्स क्लब अफ ईन्टरनेशनल डिस्ट्रिक ३२१ बी–१ अन्तरगतको र लायन्स क्लव अफ सेवा गोण्डाबीच मितेरी सम्बन्ध कायम गरिएको हो ।

लायन्स क्लब अफ ईन्टरनेशनल डिस्ट्रिक ३२५ बी–२ का पूर्व डिष्ट्रिक गर्भनरद्वय मधुसूदन शर्मा रिजाल र सेम शाक्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा लायन्स क्लव अफ नेपालगञ्ज ईनोभेटिभका अध्यक्ष लायन मिना ढकाल सुवेदी र लायन्स क्लव अफ सेवा गोण्डाका अध्यक्ष लायन राजकुमार जैशवालले मायाको चिनो साटासाट गरेर दुई क्लव बीच सम्बन्ध कायम गरेको घोषणा गरेका हुन ।


समाज सेवामा तल्लिन लायन्स क्लवको विश्वका सबै राष्ट्रमा सञ्जाल रहेको छ । पूर्व क्याबिनेट सेक्रेटरी मुकुट ढकालद्वार सहजिकरण गरीएको कार्यक्रममा नेपालगञ्ज उपमहानगरका उपप्रमुख उमा थापा मगर, नेपाल भारत संयुक्त पत्रकार मञ्च नेपाल च्याप्टर संयोजक पूर्णलाल चुके, लायन्स लिडरहरु ज्ञानेन्द्र श्रेष्ठ, कृष्ण प्रसाद श्रेष्ठ, आलोक सिन्हा, शिव अग्रवाल, अर्जुन सोनीलगायतको सहभागिता रहेको थियो ।

यसैबीच लायन्स क्लव अफ सेवा गोण्डाको पहलमा नेपालगञ्जमा मानव सेवाको लागि सञ्चालनमा रहेको निलसागर सेवा आश्रममा रहेका वालबालिकालाई स्टेशनरी लगायतको सामग्री तथा नगद २१ हजार भारतीय रुपैयाँ सहयोग गरेका थिए ।

Next Post

विप्लव समूहसँग केही दिनमा वार्ता हुन्छ : प्रधानमन्त्री ओली

१६ फाल्गुन २०७७, आईतवार १०:५८
झापा : प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग छिट्टै वार्ता हुने बताएका छन् । झापाको कमल गाउँपालिकामा नेपाल–चीन मैत्री औद्योगिक पार्कको आइतवार शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले शान्ति सुरक्षामा चुनौती मानिएको विप्लव समूहसँग छिट्टै वार्ता हुने बताएका हुन् । ‘शान्ति सुरक्षाको चुनौतीको रूपमा रहेको […]