सामुदायिक बिद्यालयमा सञ्चालित कार्यक्रमको समिक्षा

२९ चैत्र २०७५, शुक्रबार १९:११
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जका बिभिन्न सात वटा बिद्यालयमा सञ्चालित कार्यक्रमको शुक्रवार समिक्षा तथा आगामी कार्यक्रमका लागि सुझाव संकलन गरिएको छ । सेफ द चिल्ड्रनेको सहयोग, सामाजिक विकास मंच बाँकेले सञ्चालन गर्दै आएको कार्यक्रमको प्रभावकारिता तथा आगामी दिनमा गर्न सकिने कार्यबारे सुझाव संकलन गरिएको हो ।
बिद्यालयका प्रधानाध्यापकहरुले बिद्यालयमा भएको कार्यक्रमले सकारात्मक सहयोग पुगेको भन्दै आगामी दिनमा समेत यस्ता कार्यक्रम सञ्चालन गर्न सुझाव दिएका छन् । उनीहरुले कार्यक्रमले बिद्यार्थीहरुका बीचमा सक्रियता तथा शिक्षण कार्यमा लाग्न प्रेरित गर्नुका साथै बिद्यालयलाई समेत सक्रियता बढाउन मदत मिलेको बताए ।
कार्यक्रममा शिक्षा तथा युवा खेलकुद शाखा नेपालगञ्जका प्रमुख मनप्रसाद रेग्मीले बिद्यालयले अरुलाई केहि गर्न भन्नुभन्दा आफु सक्रिय हुनुपर्नेमा जोड दिए । बिद्यालय सक्रिय नहुँनका कारण आएका बजेटहरु समेत खर्च हुन नसकेको अवस्था समेत आउने गरेकोले सबै कर्तव्यनिष्ठ हुनुपर्ने भन्दै उनले सरकारी बिद्यालयको अवस्था दयनीय रहेको उखानमा अहिले केहि सुधार देखिएकाले शिक्षण कार्यलाई गुणस्तरीय बनाउन आग्रह गरे ।
कार्यक्रममा मंगल प्रसाद माबि, महेन्द्र नमूना माबि, सरस्वती माबि, नारायण माबि, युद्ध संस्कृत माबिलगायतका बिद्यालयको उपस्थिति रहेको थियो । युवा शशक्तिकरण बुलगारी परियोजनाअन्र्तगत गरिएको कार्यक्रममा मंचका अध्यक्ष बिष्णु ढकाल, बरिष्ठ सल्लाहकार घनश्याम उपाध्याय, सेफ द चिल्ड्रेनकी परियोजना अधिकृत फुलकुमारी चौधरीले धारणा राखेका थिए ।

Next Post

बक्सिङ्गमा ९ खेल सम्पन्न आदेखि क्वाटरफाइनल खेलिदै

२९ चैत्र २०७५, शुक्रबार १९:११
सदरलाइनडटकम, नेपालगञ्ज  : आठौ राष्ट्रिय खेलकुद अन्तरगत बाँकेको ज्ञानोदय मावि खजुरामा महिला पुरुष बक्सिङ्ग खेल शुक्रबार रातिदेखि सुरु भएको छ । राखेपका सदस्य सचिव केशव कुमार विष्टले निर्णायकलाई बक्सिङ्ग ग्लोब दिएर उद्दघाटन गरिएको सो प्रतियोगितमा महिलाको १ र पुरुषको ८ वटा गरी ९ खेल सम्पन्न भएका छन् । बक्सिङ्गका मुख्य […]