बैतडीमा कांग्रेसको आमसभामा दोहोरो झडप, ६ घाइते

सदरलाइन संवाददाता ४ फाल्गुन २०७७, मंगलवार १६:५१
 

बैतडी : नेपाली कांग्रेसले गरेको आमसभामा दोहोरो झडप भएको छ । जिल्लाको डिलासैनी गाउपालिका–३ पनसेरामा दुई पक्षबीच झडप भएको हो । कांग्रेसको आमसभामा नेकपाका कार्यकर्ताले ढुंगामुढा गर्दा झडपको अवस्था सिर्जना भएको कांग्रेस डिलासैनी गाउँपालिका कार्यसमिति सचिव वीरबहादुर विष्टले बताए ।

’सभा बिथोल्ने नियतले नेकपाको कार्यकर्ताले ढुंगा प्रहार गरेपछि झडपको अवस्था भएको हो,’ उनले भने । झडपमा ६ जना घाइते भएका छन् । घटनास्थल तनावग्रस्त बनेको छ । अहिले पनि झडप जारी रहेको विष्टले बताए ।


घटनास्थलतर्फ प्रहरी टोली गइसकेको बताएको छ । प्रहरी घटनास्थलसम्म पुग्न केही समय लाग्ने बताएको छ । पनसेराको विरोध सभामा कांग्रेस नेता एनपी साउद, डिला संग्रौला, नैनसिंह महरलगायत नेताले बोल्ने कार्यक्रम थियो ।

Next Post

लागुऔषध अफिमसहित दाङमा एक जना पक्राउ

४ फाल्गुन २०७७, मंगलवार १६:५१
दाङ : लागुऔषध अफिमसहित दाङमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कायालय दाङका अनुसार रोल्पाको थवाङ गाउँपालिका वडा न ५ का ३८ वर्षीय प्रकाश घर्ती पक्राउ परेका हुन् । उनलाई सोमवार राति ८ बजे गोप्य सूचनाका आधारमा घोराही उपमहानगरपालिका वडा नम्बर १९ दुईखोलीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ […]