
सदरलाइनडटकम,
रोल्पा : विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले राप्ती बन्द गरेकै दिन बिहीवार रोल्पाको त्रिवेणी गाउँपालिका कार्यालय नजिकै दुईवटा सकेट बम फेला परेको छ । जुगारमा रहेको कार्यालयको दक्षिणी पर्खालदेखि २० मिटर टाढा कालो पोलिथिनमा दुईवटा बम फेला परेको प्रहरीले जनाएको छ ।
नेपाली सेनाले बम निष्कृय पारेको प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले जानकारी दिए । मंगलवार राति पर्खालभित्र रहेको गाडी तोडफोड भएको थियो । उक्त गाडी तोडफोड गर्ने समूहले नै बम राखेको हुनसक्ने अनुमान गरिएको गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले बताए । बम फेला परेपछि जनप्रनिधि र स्थानीय त्रसित छन् ।