भारतमा आज जनता कर्फ्यु

९ चैत्र २०७६, आईतवार १३:४१
 

सदरलाइनडटकम,
काठमाण्डौ : भारतमा आइतवार बिहानैदेखि ‘जनता कर्फ्यु’ लागेको छ । बिहान ७ बजेदेखि राति ९ बजेसम्म ‘जनता कर्फ्यु’को आदेश पालना गर्न भारत सरकारले आग्रह गरेको छ । बिहीवार साँझ प्रधानमन्त्री मोदीले देशवासीको नाममा सम्बोधन गर्दै कोरोना संक्रमणसँग जुध्नका लागि जनता आफैले ‘जनता कर्फ्यु’को पालना गर्न अपील गरेका थिए ।
भारतमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट पाँच जनाको मृत्यु भइसकेको छ । ‘जनता कर्फ्यु’का कारण भारतका शहरहरु सुनसान छन् । रेल तथा बस सेवाहरु बन्द छन् । अधिकांश शहरहरुमा लकडाउनको स्थिति छ ।
राजधानी दिल्लीमा सडकमा निस्केका केही मानिसहरुलाई ‘जनता कर्फ्यु’को पालना गर्न भन्दै प्रहरीले फूल उपहार दिएर घर पठाएको छ । मोदीले ‘जनता कर्फ्यु’को दौरान बेलुकी पाँच बजे घण्टी तथा थाल ठटाएर कोराना भाइरसविरुद्ध एकजुट रहेको सन्देश प्रवाह गर्न आफ्ना नागरिकलाई अपील गरेका छन् ।

Next Post

कैलालीमा विस्फोट हुँदा एक जनाको मृत्यु

९ चैत्र २०७६, आईतवार १३:४१
सदरलाइनडटकम, कैलाली : कैलालीको गोदावरी नगरपालिका–४ फुलबस्तीमा विस्फोट हुँदा ३५ वर्षीय नरबहादुर विकको मृत्यु भएको छ । कैलाली प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदीप गिरीका अनुसार अहिले घटनास्थलतर्फ प्रहरी टोली गएको छ । उनका अनुसार विकले गाउँमा तामाको वस्तु फेला पारेपछि पगाल्ने क्रममा पड्किएको थियो । यद्यपि, उक्त वस्तुमा विस्फोटक पदार्थ […]

सम्बन्धित