रामदास थारुका योजना ‘राप्तीसोनारीमा अर्गानिक खेति’

सदरलाइन संवाददाता २४ बैशाख २०७९, शनिबार १४:४७
 

राप्तीसोनारी (बाँके) :  एमालेबाट राप्तीसोनारी गाउपालिकामा अध्यक्षका उम्मेदवार रामदास थारुले राप्तीसोनारीलाई कृषिक्षेत्रको पकेट क्षेत्र बनाएर त्यहाँ अर्गानिक खेति गर्ने योजना अघि सारेका छन ।

नेकपा एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेदवार थारु र उपाध्यक्ष उम्मेदवार चमेली बाकबलले । कृषिक्षेत्रमा उत्कृष्ट पालिका बनाउने कार्ययोजना सहित यतिबेला यी उम्मेदवारहरुले घरदैलो गरिरहेका छन् ।

चुनावी अभियान अन्तरगत राप्तिसोनारी गाउँपालिकाको ९ वटै वडामा एक चरणको परिचयात्मक कार्यक्रम सम्पन्न गरेसङ्गै दोस्रो चरणको कार्यक्रम घरदैलो सङ्गै मतदाता शिक्षा पनि सिकाइएको नेकपा एमालेका जिल्ला सचिवालय सदस्यले बलराम भट्टराईले जानकारी दिए ।

उनले वडा नम्बर ५ र ६ र ७ मा भएको उत्साहजनक घरदैलोले रामदासलगायत सम्पुर्ण एमालेका उम्मेदवारको जित सुनिश्चित भएको दाबी गरे । घरदैलो अभियानपछिको कोणसभालाई सम्बोधन गर्दै थारुले शिक्षा, स्वास्थ कृषि, रोजगारी, खेलकुद, खानेपानी तथा सरसफाई, संस्कृति तथा पर्यटन, भूमि तथा आवास, भौतिक पूर्वाधार, भ्रष्टाचार नियन्त्रण तथा सुशासन र अपांंगताको सवाललाई नेकपा एमालेले अगाडि बढाएको बताएका छन् ।


शिक्षाको क्षेत्रमा गाउँपालिकाको साझेदारीमा विभिन्न प्राविधिक कार्यक्रमहरु रहेको प्राविधिक शिक्षालय संचालन गरिने उनले बताए । आफु निर्वाचित भए एक वडा एक नमुना विद्यालयको अवधारणा अघि बढाइने बताए ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पदकी उम्मेदवार वाकबलले आफु अनि आफ्नो पार्टीले मतदाताको भरोसा जितेको बताइन । उनले गाउँपालिका भित्र रहेका कृषिमा आश्रीत वडाहरुलाई कृषि पकेट क्षेत्रको रुपमा वर्गिकरण गर्दै ती वडामा सिंचाइँको व्यवस्था गरिने बताइन ।

यस्तै भारतीय तरकारीको आयात रोकेर किसानहरुलाई अर्गानिक तरकारी उत्पादनमा प्रोत्साहन गरिने र महिला तथा बालबालिकाहरुको सवालमा महिला हिंसा न्यूनिकरणका लागि विशेष कार्यक्रम संचालन गरिने अनाथ बालबालिकाहरुको संरक्षणका लागि गाउँपालिकामा बालगृह संचालन गरिने बताइन् ।

उनले बेराजगार समस्या समाधानका लागि युवाहरुलाई विभिन्न किसीमका रोजगारमुलक तालिमहरु संचालन गरिने । यस्तै महिला लक्षित लघुउद्यमहरुको संचालन गरिने प्रत्येक वडाका स्वास्थ्य संस्थाहरुमा दक्ष जनशक्ति, आधुनिक प्रयोगशालालगायत सरकारले निर्धारण गरेको मापदण्डमा रहेर निःशुल्करुपमा औषधि वितरण र आपूर्तिमा नियमितता गरिने युवा तथा खेलकुदका सवालमा सम्पूर्ण विद्यालयमा खेल शिक्षकको व्यवस्था गरिने कुरामा जोड दिइएको बताइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अज्ञात समूहले वीरेन्द्रनगरमा दुई वटा गाडी जलाए

२४ बैशाख २०७९, शनिबार १४:४७
सुर्खेत : स्थानीय तहको चुनाव नजिकिदै जाँदा शुक्रबार राति वीरेन्द्रनगरमा दुई वटा गाडीमा अज्ञात समूहले आगजनी गरेका छन्। चुनाव प्रचारका लागि प्रयोग गरिएको दुई गाडीमा अज्ञात समूहले आगजनी गरेका हुन्। सुर्खेतको वीरेन्द्रनगरको मुख्य भाग मंगलगढी चौक छेउमै शुक्रवार राती १२: ३० बजे अज्ञात समूहले स्कार्पियो जिप र एसएमएल गाडीमा आगजनी […]