नरैनापुर ५ नं.वडा कार्यालयबाट सूचना माग

सदरलाइन संवाददाता ९ जेष्ठ २०८०, मंगलवार १५:५०
 

नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिका ५ नं.वडा कार्यालयबाट स्थानीय युवा विरेन्द्र कुमार यादवले मंगलवार सूचना माग गरेका छन् ।

अध्ययन तथा विवरण सत्यापन प्रयोजनका लागि सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ र नेपालको संविधान २०७२ को धारा २७ बमोजिमको अधिकार प्रयोग गरि ५ नं.वडा कार्यालयबाट सूचना माग गरिएको यादवले बताए ।

पछिल्लो समयमा नरैनापुर गाउँपालिकाले विनियोजित गर्ने विकास बजेटमा ब्यापक अनियमितता हुने गरेको तथ्यलाई सत्यापन गर्न आर्थिक वर्ष ०७७।०७८, ०७८।०७९ र ०७९।०८० मा नरैनापुर गाउँपालिकाबाट वडाले प्राप्त गरेको विकास बजेटको विवरण माग गरिएको यादवले बताए ।


वडा कार्यालयको दर्ता नं.३५८ मा दर्ता भएको सूचनाको निवेदनमा तीन वर्ष भित्र वडाले प्राप्त गरेको बजेट र संचालन भएका योजना तथा ती योजना संचालक फर्म वा ब्यक्तिको विवरण माग गरिएको हो ।

वडा कार्यालयमा कार्यरत स्थायी र करार कर्मचारी नाम ठेगाना र पद सम्बन्धी विवरणका साथै आर्थिक वर्ष ०७७।०७८, ०७८।०७९ मा कुन कुन सेवाबाट जम्मा कति राजश्व रकम संकलन भएको सम्बन्धी सूचना माग गरिएको हो ।

सूचनाको हक सम्बन्धी ऐन बमोेजिम माँग भएको सूचना १५ दिन भित्र सूचना मागकर्तालाई उपलब्ध गराउनु पर्ने बाध्यकारी ब्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तुलसीपुरमा जग्गा नाप जाँचको काम शुरु

९ जेष्ठ २०८०, मंगलवार १५:५०
दाङ : दाङको तुलसीपुर उपमहानगरपालिकामा भूमि राष्ट्रिय भूमि आयोगले जग्गा नाप जाँचको काम शुरु गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ बाट मंगलबारदेखि काम सुरु गरेको हो । राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष लेखराज सिह र तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले उदघाटन गरेका हुन् । तुलसीपुर उपमहानगरपालिका भित्र १३ […]

सम्बन्धित