कक्षा १२ को नतिजा सार्वजनिक 

सदरलाइन संवाददाता १९ माघ २०७७, सोमबार १३:१५
 

काठमाडौं : कोरोना कहरका कारण गत बैशाखमा सम्पन्न हुनु पर्ने कक्षा १२ को परीक्षाको नतिजा प्काशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो । काठमाण्डौमा केहीबेर अघि सम्पन्न बोर्ड बैठकको निर्णयपछि नतिजा सार्वजनिक गरेको हो ।


नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमा हेर्न सकिने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए । बोर्डले यस वर्ष ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको थियो । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडेर नतिजा प्रकाशित गरिएको छ ।

कोरोना भाइरस संक्रमणका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा ९ मंसिरबाट सुरु भएको थियो । परीक्षामा देशभरबाट चार लाख ३२ हजार परीक्षार्थी सहभागी भएका थिए ।

Next Post

प्रतिनिधिसभा विघटनविरुद्ध बाँकेमा कांग्रेसको प्रदर्शन

१९ माघ २०७७, सोमबार १३:१५
नेपालगञ्ज : प्रतिनिधिसभा विघटन विरुद्ध बाँकेमा पनि प्रदर्शन गरिएको छ । नेपाली कांग्रेसका भातृ संगठनहरुको आयोजनामा सोमवार नेपालगञ्जमा प्रदर्शन गरिएको हो । प्रदर्शनपछि त्रिभुवनचोकमा आयोजित विरोधसभामा बोल्दै नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइरालाले संविधान विपरित गरिएको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध कांग्रेस सडकमा आएको बताइन् । कोइरालाले संविधानमै नभएको अधिकार […]

सम्बन्धित