होटल व्यवसायी संघ बाँकेको १६ औं र १७ औं साधारणसभा सम्पन्न

सदरलाइन संवाददाता २२ फाल्गुन २०७७, शनिबार १९:०१
 


नेपालगञ्ज : होटल व्यवसायी संघ बाँके नेपालगञ्जको १६ औं र १७ औं साधारणसभा नेपालगञ्जमा सप्पन्न भएको छ । लुम्बिनी प्रदेशका उद्योग, वन तथा पर्यटन मन्त्री लिला गिरीले सो सभाको उद्घाटन गरेका हुन ।

लुम्बिनी प्रदेश उद्योग, वन वातावरण तथा पर्यटन मन्त्री गिरीले कृषिलाई व्यवसायीकरण गर्दै वन उद्योग र पर्यटलाई जोडेर जानुपर्ने बताए । उनले पर्यटन अबको मूल आय हुने कुारमा जोड दिदै पर्यटनको क्षेत्रको विकास र सम्भावनाको बारेमा सहकार्य गर्न सकिने कुरामा जोडदिए ।

मन्त्री गिरिले नेपाल कृषि प्रधान मुलुक भएपनि उत्पादन नहुँदा खर्ब भन्दा बढी घाटा व्यर्होनु परेको उल्लेख गर्दै रेमिटान्सले मात्र जोगिनु पर्ने अबस्थामा पर्यटन क्षेत्र मात्र संभावना भएको क्षेत्र भएको बताए ।


सो साधारण सभामा पूर्व अध्यक्ष जनार्दन पाण्डे, आजीवन सदस्य एकराज पाण्डे, नारद पुरी, निसु श्रीपाली, दीपेन्द्रकुमार जोशी, सञ्चारकमी दुर्गा रोकायलगायतलाई सम्मान गरिएको थियो ।

संघका जिल्ला अध्यक्ष भिमलाल कंडेलको अध्यक्षतामा सम्पन्न सभामा लुम्बिनी प्रदेश अध्यक्ष भाष्कर काफ्ले, बाँकेका सहायक प्रजिअ दीर्घराज उपाध्याय महासंघका बरिष्ठ उपाध्यक्ष दिनेश चुके , संस्थापक अध्यक्ष माधव नेपाल नेपालगन्ज उपमहानगरका प्रमुख डा धवल शम्शेर राणालगायतले शुभकामना ब्यक्त गरेका थिए ।

Next Post

दार्चुलामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

२२ फाल्गुन २०७७, शनिबार १९:०१
दार्चुला : दार्चुलामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । गोकुलेश्वरबाट रिठाचौपाता आइरहेको ग–३ च–१६९३ नम्बरको जीप लेकम गाउँपालिका–६ उचाकोटमा दुर्घटनामा परेको हो । दुर्घटनामा परि मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका–८ का ७० वर्षिया सुना देवी पन्त, ४० वर्षीय पदमराज पन्त र लेकम गाउँपालिका–६ का जीप चालक ३८ वर्षीय […]