बाँके निकुञ्जद्वारा सात थान भरुवा बन्दुकसहित नौ पक्राउ

सदरलाइन संवाददाता २३ माघ २०७७, शुक्रबार १८:१४
 

नेपालगञ्ज : बाँके राष्ट्रिय निकुञ्जले सात थान भरुवा बन्दुकसहित ९ जनालाई पक्राउ गरेको छ । निकुुञ्जले सल्यानको कालीमाटी गाउँपालिका वडा नम्बर २ र ३ बाट ९ जनालाई पक्राउ गरेको जनाएको छ ।

निकुञ्ज क्षेत्रभित्रको विभिन्न स्थानमा राखिएको सिसी क्यामेरामा बन्दुक बोकेर आउने जाने गरेको दृश्य देखिएपछि सल्यानको कालिमाटी क्षेत्रमा निकुञ्ज र निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको श्रीमेहर गणको संयुक्त गस्तीबाट उनीहरुलाई नियन्त्रणमा लिन सफल भएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले जानकारी दिए ।

२०६७ सालदेखि निकुञ्जमा सचालनमा रहेको ‘अप्रेसन महाहन्ट’ अन्तर्गत खैरीगोठ अपरेसनबाट उनिहरुलाई रंगेहात पक्राउ गर्न सफल भएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत शाहले बताए ।


भरुवा बन्दुकसहित पक्राउ पर्नेमा सल्यान कालमाटी गाउपालिका वडा नं ३ का भीमबहादुर खनाल, वडानं २ का देवप्रसाद थापा, धनबहादुर डाँगी, तिलक डाँगी, टेकबहादुर कुँवर, कृष्ण थापा, शोकबहादुर खत्री, कुमार थापा र रत्नलाल मगर रहेको निकुन्जले जनाएको छ ।

बाँके राष्ट्रिय निकुञ्जका सुचना अधिकारी तथा सहायक संरक्षण अधिकृत महेश न्यौपानेले उनीहरुलाई सल्यानको कालिमाटी गाउँपालिका वडा नम्बर २ र ३ बाट भरुवा बन्दुक सहित नियन्त्रणमा लिन सफल भएको जानकारी दिए ।

उनीहरु जंगली जनावरको चोरी शिकारीमा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन् । निकुञ्जले शुक्रवार पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गरेको हो ।

Next Post

संसद् विघटनविरुद्ध नेपालगञ्जमा काँग्रेसको प्रदर्शन

२३ माघ २०७७, शुक्रबार १८:१४
नेपालगञ्ज : प्रतिनिधिसभा विघटनविरुद्ध बाँकेमा पनि कांग्रेसका सुभेच्छुक संघ संगठनहरुले विरोध प्रदर्शन गरेका छन् । नेपाल ट्रे्ड युनियन कांग्रेस बाँकेको नेतृत्वमा भएको विरोध प्रदर्शन सुर्खेतरोडस्थित पार्टी कार्यालयबाट शुरु भई विपीचोकमा पुगेर समापन भएको थियो । विपीचोकमा आयोजित सभामा बोल्दै नेपाल ट्रे्ड युनियन कांग्रेस बाँकेका अध्यक्ष रामबहादुर मल्लले संविधान विपरित गरिएको […]