जसपाको राजनैतिक प्रशिक्षण सकियो

सदरलाइन संवाददाता १४ माघ २०७७, बुधबार १७:०६
 

नेपालगञ्ज : जनता समाजवादी पार्टी बाँकेले आयोजना गरेको दुई दिने राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम नेपालगन्जमा मंगलवार सकिएको छ । जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारी अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय कार्यकारीणी सदस्य तथा पुर्वमन्त्री मोहम्मद ईश्तियाक राई विशिष्ठ अतिथि रहेका थिए ।

केन्द्रीय अध्यक्ष यादव, केन्द्रीय कार्यकारिणी सदस्य राई, प्रशिक्षण बिभाग प्रमुख डम्बर बल्लभ खतिवडा प्रशिक्षण बिभाग लुम्बिनी प्रदेश संयोजक मनिकर कार्कीलगायतले प्रशिक्षण दिनु भएको जसपा जिल्ला सचिव राजेन्द्र बिश्वकर्माले जानकारी दिए ।


जिल्ला अध्यक्ष कमरुद्दिन राइको अध्यक्षतामा भएको दुई दिने प्रशिक्षणमा अध्यक्ष यादवले संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्ने प्रयास भएकोले सो को रक्षाका लागि सबै एक हुन आव्हान गरे ।

प्रधानमन्त्री ओलीले असंवैधानिक काम गरेर विभिन्न आन्दोलन, सर्घष र बलिदानबाट प्राप्त भएका जनताका अधिकारलाई समाप्त पार्ने षडयन्त्र गरेको अध्यक्ष यादवले बताए ।

Next Post

बाँकेको जनाकी गाउपालिकामा भूमि आयोगको ईकाई स्थापना

१४ माघ २०७७, बुधबार १७:०६
जानकी (बाँके) :  बाँकेको जानकी गाँउपालिकामा भुमि सम्बन्धी समस्या समाधान आयोगले भूमिहीन तथा अयवस्थित जग्गाको लगत संकलनका लागि ईकाईको उद्घाटन गरिएको छ । सो ईकाईको नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले उद्घाटन गरेका हुन । सो कार्यक्रममको उद्घाटन सत्रमा बोल्दै मन्त्री ज्ञवालीले सरकारले सेवा गर्नु पर्ने लक्षित समुह कुन् हो […]