लागुऔषध दुर्व्यसनविरुद्धको दिवसमा अन्तरक्रिया

सदरलाइन संवाददाता ११ असार २०७८, शुक्रबार १२:५४
 

नेपालगञ्ज : लागुऔषध दुर्व्यसनविरुद्धको ३४ औं अन्तर्राष्ट्रिय दिवसका अवसरमा नेपालगञ्जको जमुनाहा नाकामा शुक्रवार सचेतिकरण कार्यक्रमको आयोजना गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेको अगुवाइमा जिल्ला प्रहरी कार्यालय, लाागु औषध व्यूरोलगायतको समन्वयमा नाकामा सचेतिकरण कार्यक्रम गरिएको हो ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर बिष्टको प्रमुख आथित्यमा सम्पन्न भएको सो कार्यक्रममा एसपी ओम रानाले दुई देशका सुरक्षा अधिकारीको उपस्थितिमा कार्यक्रम गरिएको बताए । खुला सीमानाकाका कारण नेपालीहरु छिमेकी देश भारतको रुपैडिया पुगेर लागु औषध प्रयोग गर्ने, त्यहीबाट लिएर आउने गरेका कारण नेपाालगञ्ज लागु औषध कारोवारको लागि ट्रान्जीट प्वाइन्ट नै बनेको छ ।


नेपाली सुरक्षा अधिकारीहरुले सीमावर्ती भारतीय सुरक्षा अधिकारीहरुलाई लागुऔषध नियन्त्रणका लागि सहयोगको आग्रह गरेका थिए । त्यसमा भारतीय पक्षले पनि सहयोगको प्रतिबद्धता जनाएको एसपी रानाले बताए ।

कार्यक्रममा सशस्त्र प्रहरीका एसपी अशोक कुमार बम, एसएसबी असिस्टेन्ट कमान्डेन्ट सुकुमार देव बर्मन, रुपइडिहा थानाका इन्स्पेकटर अशोक कुमार सिंह, जमुनाहा बिओपी इञ्चार्ज जीवलाल बुढा, वडा प्रहरी इञ्चार्ज डिल्ली बहादुर खड्का, आगु औषध ब्युरोका प्रकाश केसी लगायतको उपस्थिति रहेको थियो ।

लागु औषध नियन्त्रणका लागि एसपी रानाले लागु औषध नियन्त्रण महाअभियानको सुरुवात गर्नुभएको थियो । त्यसक्रममा धेरै लागु औषध कारोवारी तथा प्रयोगकर्ता प्रहरीको फन्दामा परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मेथाडोन पद्धतिबाट लगूऔषधको लत छुटाउने कार्यक्रम प्रभावकारी बन्दै

११ असार २०७८, शुक्रबार १२:५४
नेपालगञ्ज : बाँकेमा लागू औषध प्रयोगकर्ताहरुलाई नशाको लत छुटाउन सञ्चालनमा ल्याईएको मेथाडोन औषधि सेवन कार्यक्रम प्रभावकारी भएको पाईएको छ । भेरी अस्पतालमा प्रत्यक्ष चिकित्सकको निगरानीमा सञ्चालनमा रहेको यो कार्यक्रममा ७ महिलासहित ८६ जना लागूऔषध प्रयोगकर्ताले नियमित अस्तालमा पुगेर सेवा लिई रहेका छन् । भेरी अस्पतालका मानसिक विभाग प्रमुख तथा मेथाडन […]