सोमवार बाँकेसहित चार जिल्लामा सार्वजनिक बिदा

सदरलाइन संवाददाता ३ मंसिर २०८०, आईतवार १३:३९
 

नेपालगञ्ज : लुम्बिनी प्रदेश सरकारले छठ पर्व समापनको अवसरमा सोमबार बाँकेसहित चार जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

छठ मनाउने बढेपछि छठको अवसर पारेर लुम्बिनी प्रदेश सरकारले पहिलो पटक सार्वजनिक बिदा दिएको हो । जसअनुसार सोमबार नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँके जिल्लामा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले सूचनामार्फत जानकारी दिएको हो ।


गृहमन्त्री स्तरीय प्रस्ताव बमोजिम लुम्बिनी प्रदेश सरकारबाट निर्णय भएकोले उक्त दिन सार्वजनिक बिदा दिइएको उपसचिव खिमानन्द ज्ञवालीद्वारा सूचनामा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्वर्गद्वारीको गौशालाका गाईलाई ‘पराल’ दान

३ मंसिर २०८०, आईतवार १३:३९
दाङ : दाङबाट स्वर्गद्वारी आश्रममा रहेका गाईका लागि पराल दान गरिएको छ । आश्रमको नाममा एक हजार एकसय विघा जग्गा भए पनि आयस्ता नउठ्दा गाईका लागि चाहिने घाँस, पराल दानको रुपमा संकलन गर्ने गरिएको छ । देउखुरीका उद्योगी व्यवसायी, जनप्रतिनिधिले गाईलाई खुवाउने पराल हरेक बर्ष दानको रुपमा उपलब्ध गराउँदैआएका छन् […]

सम्बन्धित