राप्तीसोनारीमा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालन

सदरलाइन संवाददाता ९ माघ २०७७, शुक्रबार १६:२९
 

राप्तीसोनारी (बाँके) : लुम्बिनी प्रदेश सरकारले बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ९ मा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा आएको छ । प्रदेश सरकारले बाँकेको तीन ठाउँमा आरोग्य केन्द्र सञ्चालन गर्ने योजना अनुसार शुक्रवार राप्तीसोनारीमा केन्द्र सञ्चालन गरेको हो ।

प्रदेश सरकार, लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयअन्तर्गत बाँके आयुर्वेद स्वास्थ्य केन्द्रले नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा ल्याएको हो । आरोग्य केन्द्रको शुक्रबार एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले उद्घाटन गरे ।

गाउँपालिकाका अध्यक्ष थारुले जडीबुटीबाट बनेका औषधीलाई नागरिक समक्ष पु¥याउन आयोग्य केन्द्र सञ्चालनमा ल्याएको बताए । ‘पहिला–पहिला जडीबुटीबाट बनेका औषधी नै प्रयोग हुन्थे, यस्ता औषधीले साइड इफेक्ट गर्दैन भन्ने मलाई लाग्छ, अध्यक्ष थारुले भने ।


बाँके आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा अनिलकुमार चौधरीले आयुर्वेदप्रति जनताको रुची बढेको बताए । आयुर्वेद केन्द्रले यसअघि त्यहाँ गाउँघर क्लिनिक सञ्चालन गर्दै आएको थियो । उहाँले भविष्यमा योगलगायतको सेवा दिने बताए ।

डा चौधरीका अनुसार, गाउँघर क्लिनिक हुँदा ५ प्रकारका रोगको औषधी दिने गरिएको थियो । अब सबै किसिमको औषधी उपलब्ध गराइने छ । आरोग्य केन्द्रमा एकजना कविराज नै खटाइएको छ ।

आरोग्य केन्द्रको उद्घाटनमा गाउँपालिकाकी उपाध्यक्ष धनीकुमारी खत्री, वडा नं. ९ का अध्यक्ष महावीर वलीलगायतले आरोग्य केन्द्र सञ्चालनमा आएकाले यस क्षेत्रका जनतालाई जडीबुटी औषधीमा पहुँच बढेको बताइन् । आरोग्य केन्द्रमा दैनिक विरामी परीक्षण हुनेछ । आयुर्वेद निःशुल्क वितरण गरिने छ । जिल्लामा थेरापी सुविधासमेत दिने गरिएको छ ।

Next Post

खानेपानी आयोजनाको पाइपमा आगलागी

९ माघ २०७७, शुक्रबार १६:२९
बुटवल : रुपन्देहीको तिलोत्तमामा खानेपानी पाइपको थुप्रोमा आगलागी भएको छ । तिलोत्तमा ४ सीमानगरमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना अन्तर्गत निर्माणाधीन शंकरनगर खानेपानी तथा सरसफाइ संस्थाको ओभरहेड टंकी परिसरमा राखिएको पाइपमा शनिवार मध्यान्ह आगलागी भएको हो । आगलागीलाई बुटवल उपमहानगरपालिका, तिलोत्तमा र सिद्धार्थनगर नगरपालिकाका तीनवटा दमकलले आधा घण्टामै नियन्त्रणमा […]