सदरलाइनडटकम,
नेपालगञ्ज : १३औं गणतन्त्र दिवसका अवसरमा नेपालगञ्ज कारागारमा रहेका चारजना कैदीबन्दीको सजाय मिनहा गरिएको छ ।
कारागारमा ज्यान मार्ने उद्योगमा कैद भुक्तान गरिरहेका नेपालगञ्ज १ का विक्रम गुरुङ, कर्तब्य ज्यानका कैदी बैतडीका कालु सिंह नायक, गौवधमा दुईदुई सजाय पाएका बाँके खजुरा ५ का कुनउ भन्ने वकिल बेहना र खजुरा ६ का चोरे भन्ने छोटकन बेहनाको कैद सजाय मिनहा गरिएको जेलर देवेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।
५० प्रतिशत कैद भुक्तान गरिसकेका बन्दीलाई सरकारले गणतन्त्र दिवसका अवसरमा आममाफी दिएको हो । कारागार प्रशासनले आठ जनाको नाम सिफारिस गरेकोमा चार जनाले मात्र कैद मिनहा पाएको जेलर श्रेष्ठको भनाई छ ।
