खानेपानी आयोजनाको पाइपमा आगलागी

सदरलाइन संवाददाता १० माघ २०७७, शनिबार १६:०४
 

बुटवल : रुपन्देहीको तिलोत्तमामा खानेपानी पाइपको थुप्रोमा आगलागी भएको छ । तिलोत्तमा ४ सीमानगरमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना अन्तर्गत निर्माणाधीन शंकरनगर खानेपानी तथा सरसफाइ संस्थाको ओभरहेड टंकी परिसरमा राखिएको पाइपमा शनिवार मध्यान्ह आगलागी भएको हो ।

आगलागीलाई बुटवल उपमहानगरपालिका, तिलोत्तमा र सिद्धार्थनगर नगरपालिकाका तीनवटा दमकलले आधा घण्टामै नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रतितसिंह राठौरले जानकारी दिए ।


आगलागीबाट भएको क्षतिको यकीन विवरण आउन बाँकी रहेको छ । स्थानीयका अनुसार आगलागीबाट लाखौं मूल्यको पाइप जलेर नष्ट भएको छ ।

लामो समयदेखि स्टोर गरेर राखिएको पाइपमा कसरी र कसले आगो लगायो भन्ने बारे अनुसन्धान हुने डीएसपी राठौरले बताए ।

Next Post

कोरोनाविरुद्धको खोप प्रदेशमा पठाईंदै

१० माघ २०७७, शनिबार १६:०४
काठमाण्डौ : कोरोना भाइरसविरुद्धको खोप ‘कोभिशिल्ड’ शनिवारदेखि सातवटै प्रदेशमा पठाउन थालिएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप लगाउन सातवटै प्रदेशमा पठाउन थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । भारतबाट ल्याएपछि खोप स्वास्थ्य सेवा विभागको टेकुस्थित केन्द्रीय चिस्यान केन्द्रमा राखिएको छ । उनका […]

सम्बन्धित