समाज सेवाद्वारा रक्तदान

सदरलाइन संवाददाता २९ पुष २०७७, बुधबार १७:५७
 

नेपालगञ्ज : बाँकेको कोहलपुर नगरपालिका १४ हवलदापुर स्थित समाज सेवा संस्थाले बुधबार र रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका केन्द्रीय अध्यक्ष विनोद थापाको जन्मोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको संस्थाले जनाएको छ ।

संस्थाले क्षेत्रीय रक्त संचार केन्द्र नेपालगञ्जमा आयोजना गरेको कार्यक्रममा संस्थाका सदस्य तथा शुभेच्छुक गरि १२ जनाले रक्त गरेको संस्थाका अध्यक्ष विनोद थापाले जानकारी दिए ।


हामीले सामाजिक क्षेत्रमा काम गर्दै आइरहेका छौ, हाम्रो सानो सहयोगले कसैको जिवनमा सहयोग पुग्छ भने जन्मोत्सवमा गरिने अनावश्यक खर्च भन्दा रक्तदान गर्नुपर्छ भनेर कार्यक्रमको आयोजना गरेका गरेका हौ थापाले भने, रक्तदान गर्ने सबै व्यक्तिहरुलाई संस्थाले प्रमाणपत्र प्रदान गरेको छ ।

Next Post

पूर्व मन्त्री दिनेशचन्द्र यादवको निधन

२९ पुष २०७७, बुधबार १७:५७
नेपालगञ्ज : नेकपाका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री दिनेशचन्द्र यादवको मृत्यु भएको छ । कोरोना संक्रमित यादवको ग्राण्डी अस्पताल काठमाण्डौमा उपचारका क्रममा बुधवार राती ढाई बजे मृत्यु भएको हो । गम्भिर प्रक्रितिको कोरोना देखिएको उनलाई नेपालगञ्जबाट थप उपचारका लागि हेलिकप्टरबाट काठमाण्डौ लगेर उपचार गराइ रहँदा पनि उनको स्वास्थमा सुधार नहुँदा […]