विपन्न एकल महिलालाई साडी प्रदान

२५ भाद्र २०७५, सोमबार १९:०१
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : तीजको अवसर पारेर खजुरा गाउँपालिका वडा नं. ४ महिला तथा बाल संरक्षण केन्द्रले विपन्न एकल महिलालाई साडी वितरण गरेको छ । वडा नंं. ४ का २५ एकल विपन्न महिलालाई साडी वितरण गरिएको हो ।
आर्थिक अवस्था एकदमै कमजोर भएका ती विपन्न महिलालाई छनौट गरेर साडी वितरण गरिएको वडा नंं. ४ का वडाध्यक्ष तिलकवीर सुनारले बताए । ई गाउँमा आयोजित कार्यक्रममा उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि पूर्वसिँचाई राज्यमन्त्री दलबहादुर सुनार, नेकपाका युवा नेता डम्बर विक, (तुफान), वडाध्यक्ष सुनारले साडी वितरण गरेका थिए ।
कार्यक्रममा नेकपाका नेता एवं पूर्वराज्यमन्त्री सुनारले आर्थिकरुपमा विपन्न एकल महिलाहरुको संरक्षणको दायित्व अब स्थानीय सरकारको भएको बताए । उनले आर्थिकरुपमा कमजोर, दलित, अल्पसंख्यक, जनजाती आदिवासी महिला तथा बालबालिकाले संरक्षण पाउनु पर्नेमा जोड दिए । साडी पाएपछि महिलाहरुले खुशी व्यक्त गरेका छन् । कार्यक्रममा तीजको गीतमा महिलाहरुले सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए ।

Next Post

डुडुवामा महिला लक्षित कार्यक्रम गरिँदै

२५ भाद्र २०७५, सोमबार १९:०१
सदरलाइनडटकम, डुडुवा (बाँके) : नेपालीहरुको चाडपर्व नजिकिँदै गर्दा बाँकेमा विभिन्न सचेतनामुलक कार्यक्रमसमेत गर्न थालिएका छन् । नेपाली महिलाहरुको महान चाड हरितालिका तीजका अवसरमा डुडुवा गाउँपालिकाले विभिन्न कार्यक्रममार्फत ग्रामिण क्षेत्रका महिलाहरुलाई सचेत गराउन शुरु गरेको छ । डुडुवाले महिला लक्षित कार्यक्रम सञ्चालन गरि सचेतना फैलाउने कार्यक्रमको थालनी गरेको हो । पछिल्लो अवस्थामा […]