बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु

सदरलाइन संवाददाता १८ पुष २०७७, शनिबार १७:५८
 

बर्दिया : बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने राजमार्गमा पाटे बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बाघको आक्रमणबाट कैलाली लम्किचुहा नगरपालिका ४ की ५० वर्षीया नन्कला थापाको मृत्यु भएको हो ।

शुक्रवार नेपालगञ्जबाट २२ वर्षीय छोरा सन्तोष थापासँगै घर फर्किदै गरेकी महिलालाई पाटे बाघले आक्रमण गरेको थियो । शुक्रवार साढे ८ बजेदेखि बेपत्ता ती महिलाको शनिवार बिहान शव फेला परेको हो ।


घटनास्थल नजिकै उनको शव फेला परेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा रहेकी ती महिलालाई पाटे बाघले झम्टेर लगेको थियो । मोटरसाइकल चलाइरहेका छोरालाई सामान्य चोट लागेको छ ।

Next Post

कोरोनाबाट दाङकी एक महिलाको बाँकेमा मृत्यु

१८ पुष २०७७, शनिबार १७:५८
नेपालगञ्ज : कोरोना संक्रमणबाट बाँकेमा एकजनाको मृत्यु भएको छ । दाङको लमही ८ का ६५ वर्षीया महिलाको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा शनिवार राती डेढ बजे मृत्यु भएको हो । उनको स्वास्थ्यमा समस्या देखिएपछि पुष १३ गते अस्पताल भर्ना गरी कोरोना परीक्षण गर्दा १५ गते रिपोर्ट पोजेटिभ आएको थियो । […]

सम्बन्धित