नरैनापुरलाई कृषिको हब बनाईने छ : प्रदेश सांसद नमूना

२६ असार २०७७, शुक्रबार ०९:५७
 

सदरलाइनडटकम,
नरैनापुर (बाँके) : पाँच नंम्बर प्रदेश सरकारको आर्थिक सहयोगमा सञ्चालनमा रहेको बाँकेका नरैनापुर–६ कोहला जमुनी बाख्रा स्मार्ट गाउँको आर्थिक वर्ष२०७६/०७७ को सार्बजनिक सुनुवाइ सम्पन्न भएको छ ।

सोही क्षेत्रबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रदेश सभासदस्य कृष्णा केसी नमुनाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । सो सार्वजनिक सुनुवाईमा बोल्दै उनले नरैनापुर गाउँपालिकालाई कृषिको हब बनाईने बताईन ।

आफुले बिशेष प्राथमिकतामा राखेको बताउदै ,नरैनापुर गाउँपालिकामा कृषिको बैज्ञानिकिकरण र ब्यबसायकरणको आवश्यकता औल्याउँदै बाख्रा स्मार्ट गाउँ कार्यक्रम मार्फत पशुपालनको नमुना पकेट क्षेत्र बनाउन खोजेको बताईन ।

प्रदेश सरकार पशु स्मार्ट गाउँ कार्यक्रम अनुसार प्राबिधिक ब्यबस्थापन सहित ५ बर्षसम्म ६० लाख रुपैया प्रति बर्षका दरले लगानी हुने कार्यक्रमले नरैनापुर गाउँपालिकाको नमुना बाख्रापालन हुने, कृषकको आयआर्जन बढने, कृषिको व्यावसायिकरण भई कृषि पशुपालनमा नयाँ आयम थपिने बिश्वास ब्यक्त गरिएकोे छ ।


कार्यक्रममा गाउँपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाहले नरैनापुरको विकासमा प्रदेश सासद् नमुनाले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै नरैनापुर गाउँपालिकाको बिकासको प्रचुर संभावना रहेको बताउदै एक सम्बृद्ध ,सबल र बिकसित गाउँपालिका बनाउन लागि परेको बताए ।

नरैनापुरमा विद्युत र बाटो पुगेसंगै अवका दिनमा कृषि, शिक्षा र गुणस्तरिय स्वास्थ्य सेवा प्रवाह गर्ने कार्यमा आफुहरु अग्रसर रहेको उनको भनाई रहेको थियो । सो अवसरमा कोहला जमुनी बाख्रा स्मार्ट गाउँले गरेका प्रगती तथा आगामी योजनाको बारेमा छलफल भएको कार्यक्रममा नेकपाका पुवा नेता सूर्यप्रकाश घर्ती तथा स्थानीय लाभग्राहीहरुको सहभागिता रहेको थियो ।

Next Post

रुकुममा पहिरो जाँदा दुईको मृत्यु

२६ असार २०७७, शुक्रबार ०९:५७
सदरलाइनडटकम, रुकुम पश्चिम : रुकुम पश्चिममा पहिरोले घर पुर्दा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । शुक्रवार बिहान ६ बजे गएको पहिरोले आठबीसकोट नगरपालिका–३ रेझेखोलाका तुलबहादुर दमाईंको एक तले घर पुर्दा दमाईंकी श्रीमती र छोराको मृत्यु भएको हो । मृत्यु हुनेमा श्रीमती २८ […]