पेट्रोलियम पदार्थसँगै खाना पकाउने ग्यासको मूल्य बृद्धि

सदरलाइन संवाददाता २९ माघ २०७७, बिहीबार ०७:१९
 

काठमाण्डौ : भारतीय आयल निगमले मूल्य वृद्धि गरेसँगै नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको छ ।

निगमले बुधवार राति १२ बजेदेखि लागू हुने गरी खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले बढाएर एक हजार चार सय रुपैयाँ पुर्याएको छ ।


निगमले विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको जनाएको छ । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १ सय १२ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर ९५ रुपैयाँ कायम गरिएको छ । निगमले हवाई इन्धनको मूल्य भने यथावत् राखेको छ ।

Next Post

अबको तीन दिनसम्म मौसम बदली हुने

२९ माघ २०७७, बिहीबार ०७:१९
काठमाण्डौ : अबको तीन दिनसम्म देशका धेरै ठाउँमा मौसम बदली हुने मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावले मौसम बद्ली भए पनि तत्काल पानी नपर्ने मौसमविद् प्रतिभा मानन्धरले बताइन् । अस्ति बेलुकादेखि देशको पश्चिमी भू–भाग हुँदै वायु प्रवेश गरेको मौसमी प्रणालीले उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिजो सामान्य पानी र […]