नेपालगञ्ज : प्रेस स्वतन्त्रता सेनानी रामगोपाल बैष्यको दोस्रो स्मृती दिवसको अवसरमा नेपालगञ्नको नीलसागर सेवा आश्रममा आश्रीत जेष्ठ नागरिकलाई दोसल्ला तथा सुत्केरी आमालाई कम्बल बितरण गरिएको छ ।
प्रेस स्वतन्त्रता सेनानी रामगोपाल बैष्य प्रतिष्ठानका अध्यक्ष नन्दलाल बैष्य, उपाध्यक्ष अजयकुमार गुप्ता, सचिव रुद्र सुवेदी, सहसचिव आशा ढकाल, रामगोपालका भाई भरत किशोर बैष्य, अबधि संस्कृतिक प्रतिष्ठानका विश्णुलाल कुमाल, अबधि पत्रकार संघ बाँकेका चन्दे्रश्वर राज त्रिपाठीको सहभागितामा आश्रमका अध्यक्ष तथा संचालक सरिता खनाललाई सो सामाग्री हस्तान्त्रण गरिएको थियो ।
प्रतिष्ठानका तर्फबाट सो आश्रममा आश्रीत ५ जना जेष्ठ नागरिक र ५ जना सुत्केरी आमाको लागि न्यनो दोसल्ला र कम्बल उपलब्ध गराईएको हो । २०७५ साल पुस ७ गते प्रोस्टेस्ट क्यान्सरका कारण उनको मृत्यु भएको थियो ।
प्रतिष्ठानका अध्यक्ष बैष्यले सो अवसरमा बाँकेको पत्रकारिताको विकासमा स्व प्रेस स्वतन्त्रता सेनारी रामगोपालले पुराएको योगदानको कदर गर्दै उनको मृत्यु पस्चात पछिल्लो पुस्तालाई प्रेरणा दिन प्रतिष्ठान स्थापना गरिएको जानकारी दिदै विगत वर्षमा ठूलो कार्यक्रम आयोजना गरिएको भएपनि यो वर्ष कोरोना महामारीको कारण स्मरण मात्र गरी मनाईएको जानकारी दिए ।
उनले कोरना महामारीको अवस्था सामान्य बन्दै गएमा चाँडैनै प्रतिष्ठानले विभिन्न रचनात्मक गतिबिधि सञ्चालनमा ल्याउने जानकारी दिए ।
उनले सबैको सहयोगबाट सञ्चालनमा रहेको सो आश्रममा आश्रीत जेष्ठ नागरिकको सेवा गर्नलाई आफु व्यक्तिगत रुपमा पनि तयार रहेको जानकारी गराउदै मृत्यु संस्कारको लागि आवश्यक पर्ने लत्ता कपडा आफ्नो नन्कुराम होलीराम कपडा पसलबाट आवश्यकता अनुसार निशुल्क उपलब्ध गराउने प्रतिबद्धता समेत जनाए ।
आश्रमकी अध्यक्ष तथा सञ्चालक खनालले हाल आश्रममा ८८ जना जेष्ठ नागरिक, २५ जना विद्यालय जाने उमेरका बालबालिका र ५ जना एक बर्षमुनीका बालबालिका रहेको जानकारी दिदै आश्रमका तर्फबाट प्रेस स्वतन्त्रता सेनानी रामगोपाल बैष्य प्रतिष्ठानलाई धन्यवाद दिईन ।
आश्रमका तफबार्ट सञ्चालक खानल र अमन सुवेदीले प्रेस स्वतन्त्रता सेनानी रामगोपाल बैष्य प्रतिष्ठानका पदाधिकारीहरुलाई स्वागत सम्मान गरेका थिए ।