सदरलाइनडटकम,
नेपालगञ्ज : प्रेस संगठन नेपाल बाँकेको प्रथम जिल्ला भेला तथा प्रदेश स्तरिय अगुवा भेला बुधबार बाँकेका राप्ती सोनारी गाँउपालिकाको अगैयामा सम्पन्न भएको छ ।
संगठनको प्रथम भेलाले बाँके जिल्ला संगठन कमिटीका पदाधिकारी तथा कार्यसमितिलाई सपथ गराउनुको साथै संगठनको आगामी रणनीतिको बारेमा छलपल गरेको छ । सो अवसरमा जिल्लामा क्रियाशील रहि पत्रकारिता गरिहेका पत्रकारहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।
यस्तै संगठनले नयाँ सदस्यलाई आफ्नो संगठनमा प्रवेश समेत गराएको छ । सो भेलामा युनियननिकट रहेका कृषि पत्रकार समुह बाँकेका अध्यक्ष तथा प्रदेश ५ का उपाध्यक्ष समेत रहेका खगेन्द्र दहालसहित अन्य पत्रकार प्रेस संगठनमा आवद्ध भएका छन । उनीहरुलाई संगठनका केन्द्रीय सहसंयोजक गणेश बस्नेतलगायतले स्वागत गरेका थिए ।
कार्यक्रममा संघिय सांसद महेश्वर गहतराज अथक, प्रदेश सांसद कृष्णा केसी नमुना, उषा पुन पार्बती, आइपी खरेल, लगायतका नेताहरुले बाँकेमा रही पत्रकारिता गरीरहेका पत्रकारहरुले संगठनमा आच नपुग्ने तर वास्तविक समाचार जनतामाझ ल्याउन आवस्यक रहेकोले कुनै नेता कार्यकर्ताको दबाब तथा अधिनमा नरही पत्रकारिता गर्नुपर्नेमा जोड दीए ।
संगठन बाँकेका संयोजक डक्ट धितालको अध्यक्षतामा भएको भेलामा विभिन्न व्यक्तित्वहरुलाई क्रान्तिकारी पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको थियो ।