सल्यान बनगाड कुपिण्डेमा एमाले काँग्रेसका बीचमा तालमेल

२५ बैशाख २०७४, सोमबार १५:११
 

सदरलाइनडटकम  
२५ बैशाख, सल्यान : झण्डै २० वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनले पश्चिम सल्यानमा छुट्टै रौनक ल्याएको छ । चुनाव जित्नको लागि सबै पार्टीले आ–आफ्नो रणनीति अनुसार प्रचार अभियानलाई तीब्र पारेका छन् ।
१२ वडा र १६ हजार ३ सय १५ मतदाता रहेको सल्यानको बनगाड कुपिण्डे नगरपालिका विषेश महत्वको नगरपालिका हो । खासगरी जाजरकोट, सुर्खेत राकम, रुकुमको व्यापारीक केन्द्र सल्लीबजार भएकोले पनि सो नगरपालिका आफुले जित्नको लागि एमाले र माओवादी केन्द्रले पार्टी जिल्ला अध्यक्षलाई नै चुनावी मोर्चामा ओरालेको छ ।
एमाले र नेपाली काँग्रेसले नगरको प्रमुख उपप्रमुखमा तालमेल गरेको छ । उनीहरुले संयुक्त प्रचार अभियान सञ्चालन गरेको छन । एमाले सल्यानका अध्यक्ष समेत रहेका गोबिन्दकुमार पुन मेयरमा र नेपाली काँग्रेसबाट दिपेन्द्र विष्टलाई उपमेयरमा उठेका छन् । उनीहरु नातामा मामा भान्जा सहेत हुन ।
संयुक्त प्रचार अभियानमा निस्केका एमाले सल्यानका अध्यक्ष पुनले जिल्लाको अधिकांश भु–भाग सुर्खेतसंग जोडिएको र रुकुम, सुर्खेत, जाजरकोटको प्रवेशद्वारको रुपमा रहेको सल्लीबजार यसै नगरपालिकामा पर्ने भएकोले पनि यसको अत्यन्तै महत्व बुझेर पार्टी नेतृत्व नै निर्वाचनमा होमिनु परेको स्पष्ट पारे । उनले भने–‘नगरका सबै वडामा सडक सञ्जाल, खानेपानी र विद्युतिकरणको व्यवस्था गर्ने प्रमुख लक्ष रहने छ ।’ उनले सिचाईको व्यवस्था गर्दै कृषिको क्षेत्रमा नगरपालिकालाई पुग्ने खद्यान, तरकारी तथा अन्य उत्पादनको लागि पहल गरिने बताए ।
उनले नगरको विकासको लागि गुरुयोजनाको साथमा आफुले काम गर्ने प्रतिबद्धताको साथमा मतदाताको घरदैलोमा पुगेको बताए । नजिकै रहेका उनीसंगै चुनावी तालमेलमा उपमेयरका प्रत्यासी रहेका दिपेन्द्र विष्टले आफुहरुको पनि चुनवी एजेण्डा त विकास निर्माण नै रहेको बताए । उनले भने–‘बनगाड कुपिण्डे नगरपालिकाका जनताले विश्वास गरेर जिताएमा प्रदेश नं. ६ को नमूना नगर बनाउने छौ ।’
सो नगरपालिकामा मात्र एमाले र काँग्रेसबीच मेयर र उपमेयरमा मात्र तालमेल भएको तर वडाहरुमा भने आ–आफ्ना उम्मेदवार मैदानमा रहेका छन् । सो नगरपालिकामा माओवादी केन्द्रबाट कर्णबहादुर बुढाथोकी मेयरमा मञ्जु ऐरी उप–मेयरमा र राप्रपाबाट रामकुमार माझी मेयरमा, प्रभा योगी उपमेयरमा प्रतिश्पर्दा गर्दै छन । मओवादी केन्द्रका बुढाथोकी माओवादी केन्द्र सल्यानका अध्यक्ष समेत हुन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा दश महिनामा ५५ वटा आगलागीको घटना

२५ बैशाख २०७४, सोमबार १५:११
सदरलाइनडटकम    २५ बैशाख, नेपालगन्ज : बाँकेमा चालु आर्थिक वर्षको १० महिनामा ५५ वटा आगलागीका घटना भएका हुँदा ३ बालबालिकाको मृत्यु हुनुको साथै करोडौको धनसम्पती डढेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक लक्ष्मण शाहीले दिएको जानकारी अनुसार सबैभन्दा बढी आगलागिका घटना नेपालगन्ज उप–महानगरपालिका क्षेत्रभित्र घटेका छन् […]