माइती नेपालको खाना अभियान नेपालगञ्ज वडान.२ मा

२४ असार २०७७, बुधबार ०७:५०
 

सदरलाइनडटकम,
नेपालगञ्ज : कोबिड–१९ नोबल कोरोना भाईरसको संक्रमणबाट जोगिन आव्हान गरिएको लकडाउनको प्रत्यक्ष प्रभाव परेको असाहे तथा विपन्न वर्गलाई लक्षित गरी माइती नेपालले संञ्चालन गरेको एक छाक खाना अभियान नेपालगञ्जको वडा नं.–२ मा पुगेको छ ।

जिल्लाका बिभिन्न स्थानमा पुग्ने अभियान सातापछि नेपालगञ्ज २ मा पुगेको हो । अभियानलाई वडा अध्यक्ष सुनिल सिंह हमालले शुरु गरे ।

उनले गरिब र बिपन्न परिवारलाई बितरण गरिने खाना आफुले समेत खाएर अभियानको शुरुवात गरेका हुन । वडा सदस्य आशा बिष्ट र शान्ति परियार समेतले बितरणस्थलमै खाना खाएर सर्वसाधारणलाई खानाको महत्व बुझाएका थिए ।

बितरणकै क्रममा वडा अध्यक्ष हमालले पौष्टिक खाना अहिलेको अवश्यकता भएको बताए । महिला तथा बालबालिका यस अभियानका मुख्य लक्षित समूह भएको भएपनि आवश्यकता हुनेले पनि खाना लिन सकिने भन्दै राम्रो काम भएको वडा अध्यक्ष हमालले उल्लेख गरे ।


यो वडामा सोमबारदेखि शुरु भएको खाना अभियानको पहिलो दिन बाल्मिकी टोल र मंगलबार घरवारीटोल नजिकैको लोनियनटोलमा खाना बितरण गरिएको छ । एक सातासम्म नेपालगञ्ज क्वारेन्टिन र वडा नंं–१२ का बिभिन्न समुदायमा केन्द्रीत रहेको थियो । सो क्रममा बेलासपुर, नयाँबस्ती, चिडिमार बस्ती र कोरियनपुरमा बिहानको एक छाक खाना बितरण गरिएको थियो ।

यस्तै नेपालगञ्जमा रहेको नीलसागर बृद्धाश्रममा रहेकाहरुलाई अभियानको शुरुवातदेखि नै खाना खुवाइरहेको माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले जानकारी दिए । ‘दुई महिनासम्म संचालन हुने अभियान जिल्लाका बिभिन्न स्थानमा पुग्छ,’ संयोजक कोइरालाले भने ‘यसमा हामीले आवश्यकता भएका क्षेत्रमा खाना पु¥याउनेछौं ।’

लामो समयको बन्दाबन्दीपछिको अहिलेको समयमा पनि समस्यामा परेका व्यक्तिलाई खानाकै जोहो गर्न कठिन छ । यो अवस्थामा एक समय भएपनि हामीले सहयोग गरौं भनेर युएन उमनको सहयोग र स्थानीय तहको समन्वयमा यो अभियानको शुरुवात गरेको संयोजक कोइरालाले बताए । सामुदायिक भान्छामा तयार गरिएको सादा खानासंगै मिनरल पानी (वाटर) दैनिक दुई सय पचास जनालाई बितरण गर्दै आएको छ ।

Next Post

बाँकेको नरैनापुर, नेपालगञ्ज र डडुवा कोरोना संक्रमण मुक्त

२४ असार २०७७, बुधबार ०७:५०
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेको नेपालगञ्ज उपमहानगर, डुडुवा र नरैनापुर गाउपालिका कोरोना मुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकलपर्शन नरेश श्रेष्ठले दिएको जानकारी अनुसार बुधबार (आज) बिहानसम्म नेपालगञ्ज, डुडुवा र नरैनापुरमा कोरोना संक्रमित नभएको बताए । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकलपर्शन श्रेष्ठले दिएको जानकारी अनुसार बुधबार (आज) सम्म कोहलपुर […]