जानकीमा उपभोक्ता समितिलाई अभिमुखीकरण

सदरलाइन संवाददाता २१ मंसिर २०७७, आईतवार १६:२९
 

जानकी (बाँके) : जानकी गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ को योजना कार्यान्वयन गर्न गठन भएका उपभोक्ता समितिका लागि अभिमुखीकरण तालिम दिन शुरु गरेको छ ।

वडा नं.३ मा गठन भएका उपभोक्ता समितिका पदाधिकारीहरुको लागि आयोजित अभिमुखीकरण तालिमको उद्घाटन समारोहमा बोल्दै कार्यपालिका सदस्य एवम् पूर्वाधार समिति संयोजक राजकुमार धोवीले योजनाको स्टिमेट अनुसार गुणस्तर कायम गरेर निर्माण कार्य समयमै सम्पन्न गर्न उपभोक्ता समितिका पदाधिकारीलाई आग्रह गरे ।

उनले स्टिमेट भन्दा बाहिर गएर गरिएको निर्माणको फच्छ्यौट नहुने भएकोले जनसमुदायबाट समेत फच्छ्यौट हुनेगरी काम गर्नुपर्नेमा जोड दिए । आफ्नो वडाको विकास गर्ने अवसर पटक पटक नआउनेभएकोले यो अवसरलाई सदुपयोग गर्दै उनले इमान्दारिताका साथ काम गर्न आग्रह गरे ।


गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले आफ्नो गाउँको विकास निर्माण इमान्दारिताका साथ गर्नु पर्ने बताउनुभयो । गाउँका सबै जनतासामु पारदर्शी र इमान्दारीताका साथ गुणस्तरीय काम गर्नु उपभोक्ता समितिको जिम्मेवारी भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा योजना शाखा प्रमुख इन्जिनियर निसार अहमद दर्जी, लेखा अधिकृत मतीन अहमद अन्सारी, योजना शाखा सहजकर्ता राजेन्द्र बाजपेयी लगायतले तालिमको सहजिकरण गरेका छन् । जानकी गाउँपालिका वडा नं. ३ मा आर्थिक वर्ष २०७७/०७८ का लागि २५ योजना छनौट भएका छन् ।

Next Post

कोरानाबाट बाँकेमा थप दुई जनाको मृत्यु

२१ मंसिर २०७७, आईतवार १६:२९
नेपालगञ्ज : कोरोना संक्रमणबाट बाँकेमा थप दुई जनाको मृत्यु भएको छ । बर्दियाका ७२ वर्षीय पुरुष र कञ्चनपुरका ७३ वर्षीय पुरुषको आइतवार राती उपचारका क्रममा मृत्यु भएको हो । बर्दियाको गेरुवा गाउँपालिका वडा नं. ५ का ७२ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा आइतवार राती १ बजेर ११ मिनटमा […]