‘दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रर्दशनी’ हुने

सदरलाइन संवाददाता १२ फाल्गुन २०७८, बिहीबार १३:३८
 

नेपालगञ्ज : दाङको घोराहीमा ‘दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रर्दशनी’ हुने भएको छ । उद्योग वाणिज्य संघ दाङका अनुसार २६ फागुनदेखि ८ चैतसम्म महोत्सव आयोजना हुन लागेको हो ।

संघका अध्यक्ष टंकसिंह बुढाथोकीले कोरोना महामारीका कारण धरासयी बनेको अर्थतन्त्रको उत्थान र कृषि, पर्यटन प्रवर्धनमा टेवा पु¥याउने लक्ष्यका साथ महोत्सव गर्न लागिएको बताए ।

महोत्सवमा औद्योगिक तथा व्यापारीक वस्तुहरुको हस्तकला, कृषि, जडिबुटी तथा पर्यटन सूचना एवं सूचना प्रविधिको प्रदर्शनी गरिनेछ भने विभिन्न प्राविधिक विषयमा जानकारी तथा विज्ञसहितको अन्तरक्रिया पनि हुनेछ ।

महोत्सवमा करिब ५ लाख दर्शकहरुले अवलोकन गर्ने र करिब २० करोड रुपैयाँ बराबरको आर्थिक कारोबर हुने विश्वास आयोजकको छ ।

Leave a Reply

Your email address will not be published.

Next Post

बाँकेमा ७ संक्रमित थपिए, ७ डिस्चार्ज

१२ फाल्गुन २०७८, बिहीबार १३:३८
नेपालगञ्ज : बाँकेमा बिहीवार थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणमा ६ र एन्टिजेन परीक्षणमा एकजना गरी ७ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । मेडिकल कलेज कोहलपुरमा ४ र बागेश्वरी ल्यावमा २ जनामा भाइरस संक्रमण देखिएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज […]