नेपालगञ्ज १७ मा काँग्रेसका वर्मा विजयी

सदरलाइन संवाददाता ४ जेष्ठ २०७९, बुधबार १५:४०
 

नेपालगञ्ज : बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं.१७ मा नेपाली काँग्रेसका उम्मेदवार लक्ष्मणप्रसाद बर्मा निर्वाचित भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का कंधई बढहीलाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।

वर्माले ९०९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्द्धी लोसपाका वढईले ८२८ मत प्राप्त गरे । यस्तै जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार मोहनलाल दिवेदीले १०० र राप्रपा धरमराज यादव (अहिर)ले ६४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


यसअघि २०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रका अजय पाठक निर्वाचित भएका थिए । यसपटक पनि उनी नेकपा एमालेका तर्फबाट उम्मेदवार भएपनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले पाठकको उम्मेदवारी रद्द गरिदिएको थियो । बैंकिङ कसुर मुद्दामा पाठकको उम्मेदवारी रद्द गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पर्सामा २१ वर्षीय बशिष्ट बने गाउँपालिका अध्यक्ष

४ जेष्ठ २०७९, बुधबार १५:४०
नेपालगञ्ज : पर्साको कालिकामाई गाउँपालिकामा २१ वर्षीय एक युवक गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् । राष्ट्रिय जनता पार्टी (जसपा) बाट निर्वाचन लडेका बशिष्ट कुमार आफ्ना निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका ४२ वर्षीय अजयकुमारलाई १०८ मत अन्तरले पराजित गरेका हुन् । बशिष्ट कुमारले ३ हजार ७१९ मत ल्याए भने अजयकुमारले ३ हजार […]