ट्रम्प र वाइडेनबीच कडा प्रतिस्पर्धा

सदरलाइन संवाददाता १९ कार्तिक २०७७, बुधबार १६:४१
 

काठमाण्डौ : मंगलवार भएको अमेरिकी राष्ट्रपति निर्वाचनको मतगणना जारी छ । अधिकांश राज्यहरुको नतिजा मोटामोटी रुपमा बाहिर आइसके पनि ८ वटा राज्यमा भने अझै यसै भन्न सकिने अवस्था छैन ।

न्युयोर्क टाइम्सका अनुसार हालसम्म जोए बाइडेनले २ सय २७ सिटमा जित निश्चित पारेको अनुमान गरिएकोछ भने वर्तमान राष्ट्रपतिसमेत रहेका डोनाल्ड ट्रम्पले २ सय १३ सिटमा आफ्नो जित निश्चित गरिसकेका छन् ।

अमेरिकी राष्ट्रपति निर्वाचनमा जित्न दुई सय ७० सिट आफ्नो पोल्टामा पार्नुपर्नेछ । अब ८ वटा राज्यबाट ९८ सिटको नतिजा स्पष्ट हुन बाँकी छ । खासगरी विस्कन्सिन, पेन्सेल्भेनिया, जर्जिया र मिसिगनको नतिजाले ट्रम्प र वाइडेनको भाग्य निर्धारित गर्नेछ । नेभाडा र एरिजोना डेमोक्र्याटहरुको पोल्टामा जाने देखिएको छ ।


विस्कनसिनमा ८९ प्रतिशत मत गणना हुँदासम्म वाइडेनले झिनो अग्रता लिएका छन् भने मिसिगनमा करिब २ लाख मतको अन्तर देखिएको छ । मिसिगनमा करिब एक चौथाइ मत अझै गन्न बाँकी छ । २० इलेक्टोलर मत रहेको पेन्सेल्भनियामा ७४ प्रतिशत मत गणना हुँदासम्म ट्रम्प करिब ७ लाख मतले अगाडि छन् । जर्जिया र नर्थ क्यारोलिनामा पनि दुईबीच तीव्र प्रतिष्पर्धाको स्थिति छ ।

जर्जियामा १६, मिसिगनमा १६, विस्कनसिनमा १०, नर्थ क्यारोलिनामा १५, एरिजोनामा १० र नेभाडामा ६ इलेक्टोरल भोट छ । यसैगरि अलस्कामा ३ इलेक्टोरल भोट छ । अमेरिकामा कुल पाँच सय ३८ इलेक्टोरल भोटका लागि मतदान भएको हो ।

Next Post

बुधवार देशभर थपिए ३३ सय कोरोना संक्रमित

१९ कार्तिक २०७७, बुधबार १६:४१
नेपालगञ्ज : नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ३ सय ९ कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८२ हजार ९ सय २३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ३ हजार ८ सय ४४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । […]