नमस्ते बचत तथा ऋण सहकारीद्वारा मोवाइल बैंकिंग एप्सको शुरुवात

२० माघ २०७६, सोमबार १८:२५
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाँकेले सहकारीको क्षेत्रमा नयाँ प्रविधिको शुभारम्भ गरेको छ । नमस्तेले आफ्ना शेयर सदस्यहरुको आर्थिक कारोवारलाई थप पारदर्शिता तथा प्रविधि मैत्री सेवा प्रदान गर्ने उद्देश्यले नमस्ते मोवाइल बैंकिंग एप्सको शुभारम्भ गरेको हो ।
विद्यमान समयमा सहकारी संस्थाहरुमा विश्वासको वातावरण अपेक्षित बढ्न नसकिरहेको परिप्रेक्ष्यमा यस किसिमको प्रविधि भित्र्याएर नमस्तेले सहकारी अभियानमा नयाँ आयाम थपेको विश्वास गरिएको छ ।
यो प्रविधिको प्रयोगले नमस्ते मोवाइल बैंकिंग एप्सबाट अव सदस्यले आफ्नो खातामा रहेको व्यालेन्स ट्रान्फर गर्न, व्यालेन्स चेक गर्न, फोन, नेट, टिभि, रिचार्ज गर्न, विजुलीको विल भुक्तानी गर्न, हवाई टिकट, ओयो होटल बुक गर्न, शिघ्र भुक्तानीलगायतका सेवाहरु उपलव्ध रहेका छन् । निकट भविष्यमा ५२ वटा विभिन्न वर्गका बैंकहरुमा पनि पैसा ट्रान्सफर गर्न सकिने सेवा उपलव्ध हुनेछन ।
संस्थाका अध्यक्ष विष्णु बहादुर रिमालले सदस्यमैत्री सेवा नै नमस्तेको प्राथमिकतामा रहेको र लघु तथा साना व्यवसाय सञ्चालन गरिरहेका सदस्यहरुको व्यवसायिक कारोवरलाई छिटो छरितो एवम् व्यवसायको भुक्तानी लिने दिने प्रक्रियामा शिघ्रता ल्याउनुका साथै त्यस्ता सदस्यहरुलाई मोवाइल बैंकिंगको माध्यमबाट नयाँ प्रविधिमा समावेश गराउनमा नमस्तेले अभियान चलाउने बताए ।
कार्यक्रममा नमस्ते मोवाइल बैंकिंगको परिचय, यसको प्रयोगको तरिका, सुरक्षाको बारेमा हाम्रो टेक्नोलोजी प्रालिका प्रमुख व्यवसाय अधिकृत संजय महासेठले प्रस्तुतिकरण गरेका थिए ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष जीवकला अधिकारी, सचिव प्रकाश ज्ञवाली, लेखा संयोजक बिमल ढकाल, सञ्चालक राजन शर्मा, त्यसैगरी संस्थाका व्यवसायिक शेयर सदस्य लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन संस्थाका प्रवन्धक शालिक राम डाँगीले गरेका थिए ।

Next Post

कार चोरीको प्रयासमा दुई युवा पक्राउ

२० माघ २०७६, सोमबार १८:२५
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जको सुर्खेतरोडमा पार्किङ्ग गरिएको कार चोरीको प्रयास गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १० सुर्खेतरोडस्थित सञ्चारकर्मी प्रज्वलकुमार श्रेष्ठको घर अगाडी पार्किङ्ग गरि राखिएको बा १३ च २६३३ नम्बरको कार चोरीको प्रयास गरेका दुई युवालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार सोमवार […]