जनमतको बेतहनीमा समिति गठन

सदरलाइन संवाददाता १७ कार्तिक २०७७, सोमबार ०८:४४
 

डुडुवा (बाँके) : जनमत पार्टी बाँकेले डुडुवा गाउँपालिका वडा नं. २ बेतहनीमा शिवकुमार चौधरीको अध्यक्षतामा ११ सदस्यीय समिति गरेको छ । वडा अधिवेशनबाट गठन गरिएको समितिका उपाध्यक्षमा अनिता केवट, कोषाध्यक्ष मन्साराम केवट, सचिव राधेश्याम चौहान रहेका छन् ।

यस्तै इस्माईल सल्मानी, अकबर हुशेन सल्मानी, दिनेश कुमार यादब, सन्तोष केवट, रहटे मनिहार, मनोज कुमार बर्मा र फूल जहाँ मनिहारलाई सदस्य चयन गरिएको छ । त्यस्तै बरिष्ठ सल्लाहकारमा कामताप्रसाद यादव, वरिष्ठ सल्लाहकार तिरथराम बर्मा, बिजय केवट, दुईजे चमार र धर्मराज धोबी चयन भएका छन् ।


पार्टीका केन्द्रीय सदस्य केन्द्रीय सदस्य इरफान अहमद शेषको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा शेषले दशैं र मोहम्मद डे को शुभकामना दिएर कार्यक्रमको शुरुवात गरेका थिए ।

कार्यक्रममा बोल्दै उनले जनमत बाहेक कुनै पनि पार्टीले मधेशी जनतालाई अधिकार सम्पन्न बनाउन नसक्ने बताएका थिए । मधेशको राजनीतिक फोहोर हटाउनलाई स्वराजीहरुको संगठन आएको भन्दै नेता शेषले अब मधेश नेतृत्व जनमतले नै गर्ने जिकिर गरे ।

Next Post

खजुरामा बन्ने भयो १५ शैयाको आधुनिक अस्पताल

१७ कार्तिक २०७७, सोमबार ०८:४४
खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिकामा १८ करोड बढीको लगानीमा १५ शैयाको आधुनिक सुबिधासहितको अस्पताल निर्माण गरिने भएको छ । सकारको गत भदौ २४ गतेको मन्त्रिस्तरको निर्णय अनुसार देशभरका १ सय २२ स्थानीय तहसंगै खजुरा गाउपालिका पनि छनौटमा परेको हो । गाउपालिकाले खजुराको प्रारम्भिक स्वास्थ्य केन्द्रलाई नै १५ शैयाको अस्पतालकारुपमा […]

सम्बन्धित