बाँकेका २४ जनामा कोरोना पुष्टि

; १६ भाद्र २०७७, मंगलवार १६:१८
 

नेपालञ्ज : बाँकेमा मंगलवार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका २४ जना संक्रमण पुष्टि भएको हो । यसका साथै बर्दियाका ४ र दाङका ५ जनामा पनि संक्रमण देखिएको भेरी अस्पतालले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ५ सय ८१ वटा नमुना परीक्षण गर्दा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बाँकेका प्रहरी, सञ्चारकर्मी, बैंर्कस र कर्मचारीका साथै भेरी अस्पतालका एकजना बिशेषज्ञ सहित ६ जना स्वास्थ्यकर्मीमा समेत संक्रमण देखिएको हो ।


जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, जिल्ला प्रहरी कार्यालयका ९ जना प्रहरीमा पनि भाइरस पुष्टि भएको छ । त्यसैगरी नविल बैंक र माछापुच्छ्रे बैंकका एकएक जना कर्मचारी र आन्तरिक राजश्व कार्यालयका थप एकजना कर्मचारीमा पनि भाइरस देखिएको छ ।

Next Post

बाँकेका १३ जना कोरोनामुक्त भई डिस्चार्ज

१६ भाद्र २०७७, मंगलवार १६:१८
नेपालगञ्ज : बाँकेबाट बुधवार १३ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार बैजनाथका १, कोहलपुरका ८, राप्तिसोनारीका १ र नेपालगञ्जका ३ गरी १३ जना डिस्चार्ज भएका हुन् । भदौं ३ गते कोरोना संक्रमण पुष्टि भएपछि उनिहरुलाई बिभिन्न आईसोलेशनमा राखेर उपचार गरिएको थियो […]