नेपालगञ्जमा दुई सार्वजनिक शौचालय सञ्चालित

५ आश्विन २०७६, आईतवार १८:३३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जमा नयाँ निर्माण गरिएका सार्वजनिक शौचालय आइतवारदेखि सञ्चालनमा आएका छन् । भेरी अस्पताल अगाडी र जिल्ला सहकारी संघको अगाडी निर्माण गरिएका सार्वजनिक शौचालयको नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणा र उपमेयर उमा थापा मगर संयुक्तरुपमा उद्घाटन गरे ।
नेदरल्याण्ड विकास नियोगको स्वास्थ्य विकासका लागि नगर सरसफाई योजनाअन्तर्गत ८१ लाख १६ हजार रुपैयाँमा निर्माण गरेका तीनवटा सार्वजनिक शौचालय उद्घाटनसँगै सञ्चालनमा आएका हुन् । नयाँ शौचालय अपांगतामैत्रीसँगै स्नानघरको समेत सुविधा रहेको छ ।
शौचालयको उद्घाटन गर्दै मेयर राणाले नयाँ निर्माण गरिएका सार्वजनिक शौचालय विदेशी मापदण्डअनुसार रहेको भन्दै यसको सहि सदुपयोगका लागि सबै नागरिकसँग आग्रह गरे । उपमेयर थापाले धम्बोझीमा निर्माण भईरहेको अत्याधुनिक शौचालय पनि छिट्टै सञ्चालनमा आउने जानकारी दिइन् ।

Next Post

अरिङ्गालको टोकाईबाट बालकको मृत्यु

५ आश्विन २०७६, आईतवार १८:३३
सदरलाइनडटकम, गुल्मी : अरिङ्गालले टोक्दा आइतवार गुल्मीमा एक बालकको मृत्यु भएको छ । आइतबार बिहान विद्यालय जाने क्रममा बाटोमा बाँदरले अरिङ्गाललाई जिस्काउँदा तितरबितर भएका अरिङ्गाल टोक्दा रुरु गाँउपालिका १ गुल्मीका १२ वर्षीय पवन अधिकारीको मृत्यु भएको हो । अरिङ्गालले टोकेर गम्भीर घाइते भएका अधिकारीलाई उपचारका लागि पाल्पामा रहेको युनाइटेड मिशन […]