बाघले आक्रमण गर्दा बर्दियामा एकको मृत्यु

सदरलाइन संवाददाता १६ कार्तिक २०७७, आईतवार १६:२४
 

बर्दिया : बर्दियामा पाटेबाघको आक्रमबाट एक जनाको मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रसँग सीमा जोडिएको गेरुवा गाउँपालिकामा शनिबार बेलुका पाटेबाघको आक्रमणबाट ६८ वर्षीय लहानु थारुको मृत्यु भएको हो ।

घर नजिकै रहेको खोलामा गोरुलाई पानी खुवाउने क्रममा पाटेबाघले आक्रमण गर्दा थारुको घटनास्थलमै ज्यान गएको हो । बाघले थारुलाई आक्रमण गरी मारेर त्यहीँ छाडेको र एउटा गोरुलाई बोकेर जंगलतर्फ लगेको निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम थापाले जानकारी दिए ।


बर्दिया राष्ट्रिय निकुञ्ज, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोषसहितको क्यामरा ट्रयापिङ र बाघ नियन्त्रणमा लिने विषेशज्ञसहितको टोली खटिसकेको निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम थापाले बताए ।

Next Post

कोरोना संक्रमणबाट बाँकेमा थप एकको मृत्यु

१६ कार्तिक २०७७, आईतवार १६:२४
नेपालगञ्ज : बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेको खजुरा गाउँपालिका वडा नं. ३ बी गाउँ बस्ने ४० वर्षीय पुरुषको उपचारका क्रममा शनिवार राती ११ बजे मृत्यु भएको हो । कार्तिक १५ गते स्वाब संकलन गरिएको ती पुरुषको आइतवार रिपोर्ट पोजेटिभ आएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका […]