सदरलाइनडटकम,
राप्तीसोनारी (बाँके) : बाँकेको राप्तीसोनारी गाउँपालिका ४ का बासिन्दाले गाँउमा पसेको चितुवालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । बाँके राष्ट्रीय निकुञ्जबाट आएको चितुवाले गौरीगाँउका स्थानियहरुलाई हमला गर्न थालेपछि चितुवालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाइएको हो ।
कैलाश थारुलाई चितुवाले आक्रमण गर्न खोजेपछि गाँउलेहरुले चितुवालाई नियन्त्रणमा लिएको पत्रकार हेमन्त चौधरीले बताए । करिब २ मिटर लम्बाई रहेको उक्त चितुवालाई इलाका प्रहरी कार्यालय धामपुरमा राखिएको छ ।
नियन्त्रणमा लिइएको चितुवालाई आवश्यक प्रक्रिया पुरा गरी बाँके राष्ट्रीय निकुञ्जलाई हस्तान्तरण गरिने ईलाका प्रहरी कार्यालय धामपुरका प्रहरी नायब निरीक्षक कमल थापाले बताए । निकुञ्जका हिँसक वन्यजन्तुका कारण राप्तीसोनारीका स्थानियहरुले सास्ती खेप्दै आएका छन् ।
Next Post
जापानले नेपाललाई करीब दुई अर्ब अनुदान सहयोग दिने
८ कार्तिक २०७५, बिहीबार १४:३३
सम्बन्धित
-
१ असार २०७६, आईतवार १९:२६
क्रिकेट प्रतियोगितामा वडा ३ र २३ फाइनलमा
-
४ श्रावण २०८०, बिहीबार १५:५५
दाङमा सरस्वती माविका प्रधानाध्यापक मृत भेटिए
-
८ पुष २०७८, बिहीबार १५:५७
कोहलपुरका कृषकलाई पशु सुत्केरी भत्ता प्रदान
-
९ असार २०८०, शनिबार १४:५७
स्वर्गीय मन्त्री सिंहको चैनपुरमा दाहसंस्कार
-
१० आश्विन २०७८, आईतवार १६:१२
‘मेरो आदर्श, मेरो विश्वास’ पुस्तक सार्वजनिक हुँदै
-
३ चैत्र २०७३, बिहीबार १०:४६
बाँकेका ३१ परीक्षा केन्द्रबाट एसईईको परीक्षामा ८ हजार ७ सय ३७ सहभागी